बाढी पसेपछि सुस्ताका ७८ घरपरिवार सुरक्षित स्थानमा सारिए
नवलपरासी । निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा पानी पस्न थालेपछि त्यहाँका स्थानीयहरु अस्थायी रुपमा सुरक्षित स्थान तर्फ सरेका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका ५ सुस्ता स्थित थारु टोलका घरपरिवार सुस्तामै रहेको सामुदायिक भवन तथा आफ्न्तीकोमा आश्रय लिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भएको छ । उहाँले भन्नुभयो, “सुस्ताको थारु टोलमा केहि घरमा थोरै पानी पसेपछि त्यहाँका स्थानीयहरु लाई सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको हो । केही आफ्न्तीमा गएर बसेका छन । भने केहि सुस्तामा रहेको सुरक्षित आश्रय स्थल (सामुदायिक भवन) मा बसेका छन् ।”
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार थारु टोलमा रहेको ७८ घरपरिवारलाई सुस्ताको आश्रय स्थल र आफ्न्तीमा सारिएको छ । नारायणी नदीको बाढी थारु टोलमा प्रवेश गरेपछि नेपाल प्रहरी लगायत उद्धार कार्यका लागि खटिएका सुरक्षाकर्मीहरु सहयोगमा सूचना प्रवाह गर्दै स्थानीयहरु लाई सुरक्षित स्थानमा सारिएको हो ।
सुस्ता कै स्थानीय मुन्सी कुमार हरिजनका अनुसार लगातारको वर्षाले सुस्ताको थारु टोलमा रहेको त्तीस घर डुबानमा परेको छ । नारायणी नदीको बाढी सिधै सुस्ताको थारु टोलमा प्रवेश गरी घर, खेतबारी तथा बाटोहरु डुबान गराएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, “मैलै लगाएको १० कठ्ठामा उँखु खेती पनि नारायणीको बाढीले बटान गरि बगाएको छ । म जस्तै दर्जनौ भन्दा बढी किसानको धान र उँखु लगायतको बाली कटान गरि बगाएको छ ।”
सुस्ता स्थित नारायणी नदीले वर्षा मौसम सुरु भए लगतै अस्थायी बाँध कटान गर्दै सुस्ताको धेरै भूमि कटान गरिसकेको छ ।
सम्बन्धित समाचार
नारायणी नदी पसेपछि सुस्ताका आधाभन्दा बढी घर डुबानमा
नारायणी नदीको कटान सुस्ताको बस्ती नजिक पुग्यो
सुस्ताका ८५ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
नारायणीकाे पानी सुस्ताको थारु टोलमा पस्यो
कार्तिक २३, २०८३