सुस्ता भूमि कटान रोकथाममा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री आचार्य

हप्ता दिनदेखी सुस्तामा नारायणीले गरेको कटान नियन्त्रणका लागि सुस्ताबासी र सुरक्षाकर्मीले गरेको कामको उहाँले प्रशांस पनि गर्नुभएको हो ।

अनिल यादव

अनिल यादव

श्रावण २४, २०८३ 105 views
90 Shares

नवलपरासी । लुम्बिनी प्रदेशका सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाँउको स्थलगत अवलोकन गर्नुभएको छ ।

आइतवार उहाँ सुस्तामा पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन अनुगमन पछि कटान रोकथामका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री आचार्यले बताउनु भएको छ । सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विप्द व्यवस्थापन कोषबाट सहयोग गर्ने बताउनु भयो । उहाँले अस्थायी बाँध निर्माणका लागि आवश्यक पर्ने तारजाली, बोरा लगायतको सामाग्री उपलब्ध गराउने भन्नुभयो । s.jpg

Advertisement

सुस्तामा तटबन्ध निर्माणका काम गरिरहेको सिचाँइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माणमा के कति खर्च लाग्छ प्रदेश सरकारले त्यसमा सहयोग गर्ने भनेर काम बढाउन तिव्रगति बढाउन मुख्यमन्त्रीले सल्लाह समेत दिनुभयो ।

हप्ता दिनदेखी सुस्तामा नारायणीले गरेको कटान नियन्त्रणका लागि सुस्ताबासी र सुरक्षाकर्मीले गरेको कामको उहाँले प्रशांस पनि गर्नुभएको हो । उहाँले भन्नुभयो, “सुस्ता भूमि जोगाउनका लागि यहाँका स्थानीय र सुरक्षाकर्मीहरुले गरेको कामको प्रदेश सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु । विशेष गरेर सुस्ताबासीले नेपालको भूमि संरक्षण तथा रक्षाकवचको रुपमा खेलेको भूमिकालाई मनैदेखी हार्दिक धन्यवाद गर्दछु । र तपाईहरुको जति प्रशंसा गरे पनि त्यो कमै हुन्छ ।”

सुुस्ता भूमि नारायणी नदीको कटानबाट जोगाउनका लागि स्थानीय र सुरक्षाकर्मीहरु दिनरात काम गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले बताउनु भएको छ । उहाँले भन्नुभयो, हिजोदेखि सुरक्षाकर्मीहरु पालैपालो तटबन्ध निर्माणमा सहयोग गर्न थालेपछि हामिलाई भित्रैबाट उर्जा मिलेको छ । अब हामी सुस्तालाई निर्धक भएर जोगाउन सक्छौ उहाँले भन्नुभयो ।

 

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: