नवलपरासी प्रहरीको सवारीसाधान माथि निगरानी
बर्दघाट क्षेत्रबाट प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था सेवा कार्यायल नवलपरासीमा पठाएको छ ।
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले शंकास्पद सवारीसाधनहरु माथि निगरानी बढाएको छ ।
विशेषगरी सवारीसाधानलाई स्वरुप परिवर्तन (मोडिफाइ) गरी चलाउने र ठुलो स्वारमा ध्वनि प्रदुषण गर्नेहरु माथि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीर दत्त पन्तले जानकारी दिनु भएको छ ।
उहाँले भन्नुभयो, “मोटरसाइकलको स्वरुप परिवर्तन र ठुलो स्वरमा ध्वनि प्रदुषण गर्नेहरु माथि निगरानी बढाइएको छ । प्रहरीले हप्ता दिनभित्र परासी बजार र वरीपरीबाट ३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइ समझाई बुझाई गरेर तत्काल सुधार गर्न पनि लगाएको छ । फेरी पनि त्यस्तै अवस्थामा भेटिए आवश्यक कार्यवाहीका लागि अगाडि बढाउने छौं ।”
यस्तै बर्दघाट क्षेत्रबाट प्रहरीले एउटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था सेवा कार्यायल नवलपरासीमा पठाएको छ । मोटरसाइकललाई कम्पनीले बनाएको ढाँचा भन्दा फरक शैलीमा मोडिफाइ गरेको भेटिपछि त्यसलाई आवश्यक कार्यवाही सहित सुधारका लागि यातायात सेवा कार्यालय नवलपरासी पठाइएको सूचना अधिकारी पन्तले भन्नुभएको छ । जस्मा १० हजार सम्म जरिवाना हुन सक्ने उहाँले भन्नुभयो ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २४, २०८३