जिल्लामा ग्यासको अभाव छैनः ग्यास विक्रेता संघ नवलपरासी
बजारमा ग्यास अभाव नभएपनि नेपालबाट केही व्यक्तीहरु भारत पठाउने सुनिएको छ । जस्लेगर्दा सिमाक्षेत्रमा अभाव भएको होला । ग्यास विक्रेताहरुले पाउँदै आएको संख्यामा ग्यास पाउनु नै भएको छ । ग्यास उद्योग बन्द पनि नभएकोले बजारमा ग्यास अभावको हल्ला मात्रै
नवलपरासी । विश्वको मध्यपूर्वमा भइरहेको युद्धका कारण देशमा ग्यास अभावको हल्ला चुलिएको छ । तर नवलपरासीमा ग्यासको अभाव नभएको ग्यास विक्रेता संघ नवलपरासीका अध्यक्ष हरि प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
मधयपूर्वका केहीदेशहरुमा भइरहेको युद्धले गर्दा ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले घरमा स्टक राख्न थाल्नुभएको छ । तर नवलपरासीमा ग्यासनको अभाव नभएको अध्यक्ष अधिकारीले भन्नुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो बानी छ, हामिले बजारमा कुनै हल्ला सुन्याँै भने त्यसको पछाडी दौडिन्छौ । तर यहाँ त्यस्तो केही समस्या छैन् । एउटा उपभोक्ताले २÷३ वटा ग्यास स्टक राख्ने कुरा सुनिएको छ । त्यो गर्नुभएन त्यसोगर्दा अन्य उपभोक्ताहरुको तत्कालैको आवश्यकता पुरा गर्न चुनौती थपिन्छ ।”
उहाँले थप्दै भन्नुभयो, “स्टक राख्दैमा समस्याको समाधान हुँदैन अहिले काम चल्ने जतिको ग्यास सिलिन्डर उपभोक्ताहरुले लिएर जानुपर्छ । पछि आवश्यकता परेको खण्डमा फेरी लिएर जानुभयो भने बजारमा ग्यासको अभाव हुँदैन ।” जिल्लाको केही ग्यास कम्पनीहरुको ग्यास वितरणमा पहिला देखि नै समस्या छ । आरती ग्यास, राजधानी ग्यास, नेपाल गण्डकी ग्यासको परिपुर्तिमा पहिला देखिनै समस्या छ । त्यसैले ति ग्यासहरु बजारमा नपाएपछि अन्य ग्यासको अभाव छ भन्न मिल्दैन्, उहाँले भन्नुभयो ।
यसैविच जिल्ला प्रशासन कार्यालय नवलपरासीका कर्मचारीहरुको नेतृत्वमा उद्योग वाणिज्य संघ नवलपरासी, घरेलु साना उद्योग नवलपरासी, प्रहरी र पत्रकारहरुको संयुक्त टोलीलाई बजारमा ग्यास अनुगमनका लागि पठाएको प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भएको छ । बजारमा रहेका ग्यास विक्रेता पसलहरुमा गएर अनुगमन गरी यथार्त तथ्यांक ल्याउन पठाएको उहाँले भन्नुभयो ।
आरती ग्यासका बजार प्रमुख सन्दिप अग्रहरी भन्नुहुन्छ, बजारमा ग्यास अभाव नभएपनि नेपालबाट केही व्यक्तीहरु भारत पठाउने सुनिएको छ । जस्लेगर्दा सिमाक्षेत्रमा अभाव भएको होला । ग्यास विक्रेताहरुले पाउँदै आएको संख्यामा ग्यास पाउनु नै भएको छ । ग्यास उद्योग बन्द पनि नभएकोले बजारमा ग्यास अभावको हल्ला मात्रै रहेको उहाँले भन्नुभयो । तर सुरुको तुल्ना पहिला देखि नै ग्यास उत्पदानमा अलिअलि कमि आएको हो । जुन अहिलेको विश्वमा भइरहेको युद्धको कारण होइन की पहिला देखि नै उत्पादन अहिले घटाएको छौं ।
जिल्लामा १ सय बढी ग्यास विक्रेता पसलहरु छन् । तर ग्यास विक्रेता संघ नवलपरासीमा आवद्ध भएको ९५ वटा मात्रै रहेको ग्गास विक्रेता संघ नवलपरासीले जनाएको छ ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २३, २०८३