विपद् व्यवस्थापनका लागि ७० दक्ष जनशक्ति तयार

अनिल यादव

अनिल यादव

चैत ३०, २०८२ 603 views
4 Shares
विपद् व्यवस्थापनका लागि ७० दक्ष जनशक्ति तयार

 नवलपरासी । नेपाल सरकारको सहयोगमा नेपाल स्काउटले पश्चिम नवलपरासीको नेपाल सिमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सञ्चालन गरेको ६ दिने विपद् व्यवस्थापन तालिमलाई समापन गर्दै ७० जना दक्ष जनशक्ति तयार गरेको छ । IMG_2897.jpg

स्काउटले प्रत्येक प्रदेशमा १० जना विपद् व्यवस्थापन जनशक्ति तयार गरेर प्रमाणपत्र सहित आज एक कार्यक्रविच विदाइ गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्व मन्त्रि खडक बस्नेतले विपद् जहिले पनि भनेर नआउने भएपछि तालिम लिएका सबै स्काउट प्रतिनिधिहरु तयारी अवस्थामा रहन अनुरोध गर्नुभएको छ । विपद् व्यवस्थापन राज्यको मात्रै दायित्व भन्दा पनि सबैको सहयोगले व्यवस्थापन गर्न सहज हुने उहाँ भन्नुभयो । 

Advertisement

सुनवल नगरपालिका मेयर विमला आर्यालले विपद्को समयमा उद्धार कार्यमा खटिने नेपाल स्काउट जस्ता समाजिक संस्था बधाईको पात्र भएको बताउनु भएको छ । विप्दको समयमा स्थानीय तह संग सहकार्यगरी अगाडि बढ्न स्काउटलाई उहाँले आग्रह पनि गर्नुभयो ।

नेपाल स्काउटका निर्देशक अपर्ण कार्कीले विपद व्यवस्थापनका ६ दिनका तालिमले मात्रै नपुग्ने भन्नुभएको छ । उहाँले भन्नुभयो नेपाल जस्तो भौगोलिक विक्टता र आधुनिक युगमा नयाँ प्रविधि सहितको उच्चत्तम प्रयोग आजको आवश्यकता रहेको उहाँले भन्नुभयो । ६ दिनको तालिम एउटा जग बसाल्ने काम मात्रै भएको हो । 
कतिपय विपत्तिमा घर तथा माटाेभित्र दबेका मान्छेहरुलाई प्रविधिको अभावमा उद्धार गर्न कठिनाइ भएकाे निर्देशक कार्कीले भन्नुभयो । हरेक टोल र घरमा स्काउट प्रतिनिधि अबको आवश्यकता रहेको उहाँले भन्नुभएको छ ।ago nibhaudai.jpeg

नेपाल स्काउट लुम्बनी प्रदेश आयुक्त दिनानाथ भट्टले नेपाल स्काउट विपद्को समयमा खट्दा आफ्नै जनशक्ति सम्झेर सहयोग गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभएको छ । स्थानीय तह तथा प्रदेश र संघ सरकारले स्काउट प्रतिनिहरुलाई उद्धार कार्यमा खट्नका सहकार्य गर्न भन्नुभएको छ । 

कार्यक्रमलाई नेपाल स्काउटका सदस्यता वृद्धि आयुक्त सुरज खनाल तालिम कमान्डर एवं प्रशिक्षक पवन काेइराला लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।first Aid.jpeg

तालिम लिएका स्काउट प्रतिनिधिहरुले विपद्लाई कसरी व्यवस्थापन गर्ने भनेर पूर्व तयारीको अभ्यास समेत प्रस्तुत गरेका थिए । जस्मा आगलागि , भूकम्प, बाढी पहिरो तथा अन्य विपद्लाई व्यवस्थापन गर्ने तरिकाहरु देखाएका थिए ।IMG_2890.jpg

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: