पाल्हीनन्दन गाउँपालिकामा युवाहरू रास्वपा छोडेर कांग्रेस प्रवेश

जनविचार

जनविचार

फाल्गुन १८, २०८२ 541 views
2 Shares


नवलपरासी । पाल्हीनन्दन गाउँपालिकामा दुई दर्जन बढि युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

स्थानीय स्तरमा आयोजित एक कार्यक्रममा उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, उम्मेदवार भिमबहादुर थापा (भरत) लगायत नेपाली कांग्रेसका नेताहरूले पार्टीमा स्वागत गर्नुभएकाे हाे । प्रवेश गर्ने युवाहरूले देशमा लोकतान्त्रिक मूल्य–मान्यता, स्थायित्व र विकासका लागि कांग्रेस नै उपयुक्त पार्टी भएको निष्कर्षसहित पार्टी परिवर्तन गरेको बताएका छन्।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पाठकले स्थानीय युवाशक्ति पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै फागुन २१ गतेकाे निर्वाचनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएकाे छ ।

रास्वपा परित्याग गर्ने युवाहरूले पछिल्लो समय पार्टीभित्र देखिएको अन्योल र स्पष्ट कार्यदिशाको अभावका कारण आफूहरू कांग्रेसमा समाहित भएको दाबी गरेका छन्। आज उनिहरू सामूहिक रूपमा २२ जना प्रवेश गरेका हुन ।


कांग्रेस उम्मेदवार थापाले `म´ संधै युवाहरूकाे सहकार्यमा स्थानीय स्तरमा विकास र समृद्धि खाेज्ने नेता भएकाे बताउनु भएकाे छ । युवाहरूकाे साथ सहयाेगमा याे क्षेत्रमा भा‌तिक तथा समाजिक विकासले गतिले उहाँले भन्नुभयाे ।

कार्यक्रममा विभिन्न वडाका युवा प्रतिनिधि, स्थानीय अगुवा तथा कांग्रेसका कार्यकर्ताहरूको उपस्थिति रहेको थियाे ।

Advertisement

 

 

लेखक: जनविचार
सेयर गर्नुहोस्: