सुस्ताका ८५ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ अनोमाघाट (ठाडीघाट) मा बाढीबाट प्रभावित ८५ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।
उत्साह नेपाल र जेम नेपालकाे आर्थिक सहयाेगमा बाढी पीडितहरू लाई चामल, दाल, नुन, तेल, झुल र म्याट लगायतका राहत सामग्री वितरण गरिएको जेम नेपालका प्रमुख हेम दासले जानकारी गराउनु भएकाे छ ।

सामुदायिक विपद् व्यवस्थापन समितिको अध्यक्ष कमल हरिजनकाे अध्यक्षतामा सुस्ता गाउँपालिका-५ वडाअध्यक्ष प्रभुनाथ यादवकाे प्रमुख आथित्यतामा राहत वितरण गरिएकाे हाे । नारायणी नदीकाे बाढीले सुस्ताकाे थारू टाेलमा पटक पटक डुबान गराउने गरेकाे छ । डुबानबाट प्रभावितहरूकाे तथ्यांक संकलन गरि वास्तविक पिडितलाई मात्रै राहत वितरण गरिएकाे तथ्यांक संकलनकर्ता मुन्सी कुमार हरिजनले बताउनु भएकाे छ ।
राहत वितरण कार्यक्रमा नेपाल ख्रिष्टियन समाज, लुम्बिनी प्रदेशका अध्यक्ष बाबुराम बस्नेत, बर्दघाट नगर इसाई समाजका अध्यक्ष रामबहादुर थापा, नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना र नवलपरासीका विभिन्न चर्चका पास्टरहरूकाे उपस्थिति रहेकाे थियाे ।
सम्बन्धित समाचार
नारायणी नदी पसेपछि सुस्ताका आधाभन्दा बढी घर डुबानमा
बाढी पसेपछि सुस्ताका ७८ घरपरिवार सुरक्षित स्थानमा सारिए
नारायणी नदीको कटान सुस्ताको बस्ती नजिक पुग्यो
नारायणीकाे पानी सुस्ताको थारु टोलमा पस्यो
कार्तिक २३, २०८३