नारायणीकाे पानी सुस्ताको थारु टोलमा पस्यो
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ताको थारु टोलमा पानी पसेको छ ।
नारायणी नदीमा पानीको सहत बढेपछि सुस्ताको थारुटोलमा रहेको तीनचार वटा घरमा पानी पसेको सुस्ता बचाउ अभियानका सल्लाहकार आद्धब खाँले बताउनु भएको छ । उहाँले भन्नुभयो, “अस्ति मात्रै कटान गरेको ठाउँबाट आज पानी पस्न सुरु भएको हो । पानीको सतह बढने क्रम जारि छ, अझै केहि घरमा पानी पस्न सक्छ तर पुरै डुबान नगराउँला ।”
पानी पस्न थालेपछि सुरक्षाकर्मीहरुको सहयोगमा पानी पसेको घरपरिवारहरु लाई सुस्तामा रहेको सामुदायिक भवनमा सारिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भयो । मौसम पूर्वानुमान महाशाखाको विहिवार(हिजो) जारि सूचना अनुसार नै हिजो साँझ माइकिङ्ग मार्फत सुरक्षित र तयारी अवस्थामा रहन जानकारि गराएका थियौं, उहाँले बताउनु भयो ।
सामुदायिक भवनमा राखिएको घरपरिवारहरु लाई घान बस्न व्यवस्थापनका लागि वडा कार्यायल संग पनि सहकार्य गरिरहेका छौं प्रमुख जिल्ला अधिकारी नेपालले बताउनु भएको छ । त्यस्तै सुरक्षाकर्मीहरु लाई पनि विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो ।
सम्बन्धित समाचार
नारायणी नदी पसेपछि सुस्ताका आधाभन्दा बढी घर डुबानमा
बाढी पसेपछि सुस्ताका ७८ घरपरिवार सुरक्षित स्थानमा सारिए
नारायणी नदीको कटान सुस्ताको बस्ती नजिक पुग्यो
सुस्ताका ८५ बाढी प्रभावित घरपरिवारलाई राहत वितरण
कार्तिक २३, २०८३