भारतीय प्रहरीले सुस्ता छिरेर बाँध भत्काए, स्थानीयले लखेटे(भिडियोसहित )

जनविचार

जनविचार

श्रावण १७, २०८३ 168 views
129 Shares

नवलपरासी । पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका ५ सुस्तमा निर्माण गरिएकाे बाँध भारती प्रहरी (एसएसबी)ले भत्काउन थालेपछि सुस्ताबासीले लखेटेका छन् ।

वर्षायाममा नारायणीको भेलले कटान गर्न थालेपछि साउन १५ र १६ गते सुस्ता जाेगाउनका लागि बाँध निर्माण गरिएकाे सुस्ता बचाउ अभियान अध्यक्ष बाबू खाँले बताउनु भयाे ।  तर भारती प्रहरीले यसलाई दुबै पक्षले सल्लाह गरेर गर्ने भन्दै जबर्जस्ती भत्काएकाे छ ।

यता घटनकाे वारेमा जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख(सिडिओ) दीपक राज नेपाल संग बुझ्दा सामान्य कुरा रहेकाे भन्दै खासै बाेल्न खाेज्नु भएन । उहाँले भन्नुभयाे, `अहिले सामान्य भएर गइसक्याे भाेलि छलफल गर्ने कुरा भएकाे छ है ।´
उहाँले भारती प्रहरी सुस्तामा प्रवेश गरेकाे भन्दा पनि भारती नागरिकहरू पनि आएकाे भन्दै घट्ना वारे पन्छिन खाेज्नुभयाे ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: