पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका

जनविचार

जनविचार

श्रावण १५, २०८३ 151 views
41 Shares
पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा शुक्रबार (आज) कार्यवाहक अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी तोकिएको छ । 
 
आज बसेकाे कार्यपालिका बैठकले अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त रहेकाे अध्यक्ष पदमा वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवहाक अध्यक्ष र कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको हाे ।

दुबैजना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुनुहुन्छ।  
  

लेखक: जनविचार
सेयर गर्नुहोस्: