पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा

गाउँपालिकाले कृषिका लागि कृषि औजार, सिँचाइको लागि डिप बोरिङ्ग, हाते टेक्टर लागि बजेट विनियोजन तथा पशु बीमा निरन्तरता

जनविचार

जनविचार

असार ३, २०८३ 119 views
77 Shares
पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि बुधवार बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कुल ५१ करोड १२ लाख को बजेट ल्याएको छ ।

गाउँपालिकाले आन्तरिक स्रोत तर्फ ८८ लाख ८४ हजार अनुमान गरेको छ । संघिय वित्तिय समानिकरण अनुदान ११ करोड ३४ लाख, संघिय शसर्त अनुदान तर्फ, २१ करोड ०६ लाख, ९ करोड ८० लाख र संघिय सम्पूरक अनुदान ३० लाख गरी कुल ४२ करोड ५० लाख रहेको गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताउनु भएको छ । 

Advertisement

त्यसैगरी प्रदेश तर्फ प्रदेश वित्तिय समानिकरण अनुदान ७८ लाख ९० हजार, प्रदेश शर्सत अनुदान १ करोड ५० हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड ७४ लाख १८ हजार र प्रदेश सम्पुरक अनुदान ७० लाख गरि कुल ४ करोड २३ लाख ५८ हजार रहेको अध्यक्ष गुप्ताले बताउनु भएको छ । भने गाउँपालिकामा गत आर्थिक वर्षको मौज्दात ३ करोड ५० लाख रहेको छ ।

गाउँपालिकाले सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताउनु भएको छ । पूर्वाधारमा मात्रै १६ करोड ९० लाख विनियोजन गरेको उहाँले भन्नुभयो । यस्तै कार्यायल सञ्चालन तथा प्रशासनिक खर्चका लागि १९ करोड २२ लाख, संस्थागत विकासमा ६ करोड ५० लाख, समाजिक विकास तर्फ ५ करोड ५० लाख, आर्थिक क्षेत्रमा ३ करोड १० लाख र वन, वातावरण तथा विपदमा १ करोड २५ विनियोजन गरिएको गौँडले बताउनु भएको छ ।

यसैगरी गाउँपालिकाले कृषिका लागि कृषि औजार, सिँचाइको लागि डिप बोरिङ्ग, हाते टेक्टर लागि बजेट विनियोजन तथा पशु बीमा निरन्तरता, एक वडा एक उत्पादन, पकेट कार्यक्रमहरु निरन्तरता र बाली बीमाका लागि आवश्यक बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष फातिमा अन्सारीले सबै पक्षलाई समेटने गरी बजेललाई विनियोजन गरिएको बताउनु भएको छ ।724613560_1458561389648912_1254429408138207501_n.jpg

यसैविच गाउँपालिकाले सर्वोत्कृष्ट काम गरेको भन्दै लेखा अधिकृत संजय कुमार शर्मालाई रु एकलाख, उत्कृष्ट सेवा प्रवाहमा गाउँपालिकाका प्रमखु प्रशासकिय अधिकृत दिनेश कुमार गौडलाई रु ९५ हजार, उत्कृष्ट सेवा प्रवाहमै विपद तथा अन्य प्रशासनिक कार्य गर्ने प्रदिप कुमार तिवारीलाई रु ४० हजार र कार्यालय सहयोगि सुरेश कहार लाई १४ हजार नगद सहित सम्मान गरिएको छ । भने जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, अन्य क्षेत्रमा काम गर्ने कर्मचारीलाई सम्मान गरेको छ । 
 

लेखक: जनविचार
सेयर गर्नुहोस्: