पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा पदमुक्त
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीको पद गएको छ ।
निर्वाचन आयोगले एक सूचना निकाल्दै उहाँको पद रिक्त भएकाे जानकारी दिएकाे छ ।
आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त जानकारी र निर्णयका आधारमा निर्वाचित पद स्वतः रिक्त भएको जनाएको छ । उपाध्यक्ष फातुमा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।
गत प्रतिनिधिसभा निर्वाचनमा उहाँले आफ्ना दलका उम्मेदवारलाई हराउनका लागि अन्य दलका उम्मेदवारलाई भोट मागेको भन्दै पार्टीको जिल्ला अनुशासन समितिले कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन केन्द्रमा पत्र पठाएको थियो । केन्द्रको निर्णयअनुसार आयोगले उहाँको पद रिक्त भएको जनाएको छ ।

सम्बन्धित समाचार
पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका
जनविचार
कर्मचारी पुरस्कृतमा जसपाकाे आपत्ति
जनविचार
पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा
जनविचार
जसपा नेपालले पाल्हीनन्दनमा विरोध गर्दा गाउँपालिका अध्यक्षसंग समान्य विवाद
अनिल यादव
सडक निर्माणका लागि घर भत्काउँदै पाल्हीनन्दन गाउँपालिका
अनिल यादव
कार्तिक २३, २०८३