जसपा नेपालले पाल्हीनन्दनमा विरोध गर्दा गाउँपालिका अध्यक्षसंग समान्य विवाद
परासी, जेठ ७ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा विरोध प्रर्दशनलाई लिएर विवाद भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल(जसपा) नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कार्यसमितिले बुधवार गाउँपालिकामा विरोध प्रर्दशन गर्न पुगेपछि त्यहाँ दुईपक्ष विच गलत बुझाई हुदाँ विवाद भएको जसपा नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताउनु भएको छ । गत वैशाख ३० गते जसपा गाउँकार्यसमितिले विभिन्न ८ वटा बुंदासहित ज्ञापनपत्र बुझाएको थियो । तर गाउँपालिकाले अहिलेसम्म त्यसको विषयमा छलफल नगरेको र गैरजिम्मेवारकाे कारणले आज विरोध पर्दशन गरिरहँदा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले मलाई कस्ले गालि गरेको भन्दै विरोध पदर्शनमै तथानाम शब्दहरु भन्न थालेपछि विवाद चुलिएको पार्टी अध्यक्ष यादवले भन्नुभएको छ । तर पार्टीको तर्फबाट कसैले पनि गाउँपालिका अध्यक्षलाई गालि नगरेको यादवले भन्नुभयो ।
यता पाल्हीनन्दन गाउँपालिकाका प्रवक्ता कृष्ण्चन्द्र यादवले कुनै ठुलो विवाद नभएको बताउनु भएको छ । उहाँले पनि दुबैपक्षको असमझदारीको कारण केही समय समान्य विवाद भएपनि कुनै ठुलो कुरा नरहेको भन्नुभएको छ । अहिले सबै समान्य भइसकेकाे उहाँले भन्नुभयाे ।
सम्बन्धित समाचार
पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका
पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा पदमुक्त
कर्मचारी पुरस्कृतमा जसपाकाे आपत्ति
पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा
कार्तिक २३, २०८३