सडक निर्माणका लागि घर भत्काउँदै पाल्हीनन्दन गाउँपालिका
परासी, जेठ ६ । स्थानीयका घरसहितका संरचना भत्काएर नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सडक निर्माण कार्य अघि बढाएको छ।
पालिकाले सीमा क्षेत्र नजिकका गाउँलाई जोड्न पक्की सडक निर्माण गरिरहेको छ । संघीय सरकारको २० करोड ७५ लाखको लागतमा १२ किलोमिटर कालोपत्रे सडक निर्माण कार्य सुरु भएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनु भएकाे छ । यो सडक वडा नम्बर ५ को सिसवादेखि गेर्मी हुँदै वडा नम्बर २ को भक्सिपुरमा जोडिने छ। बहुवर्षीय योजना अन्तर्गतको उक्त सडक तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ‘काष्ठमण्डप तिरूपति जेभी’ले जिम्मेवारी लिएको छ । सडकभित्र पर्ने संरचनाहरूलाई दुई वर्षअघिदेखि हटाउन आग्रह गरे पनि नहटाउँदा सडक निर्माणमा समस्या भएकाले भत्काइएको अध्यक्ष गुप्ताले भन्नुभएकाे छ । यो सडकमा करिब १२ वटा पक्की घरसहितका संरचनाहरू हटाइने छ । अहिलेसम्म ८ वटा घरसहितका संरचनाहरू हटाइएको र अन्य स्थानका पनि हटाउँदै सडक निर्माण कार्य अघि बढाइने अध्यक्ष गुप्ताले बताउनु भयाे ।

निर्माणाधीन सडकको चौडाइ १० मिटर रहेको छ। जसअन्तर्गत साढे १० किलोमिटर दूरीको सडकमा ७ मिटर चौडाइको कालोपत्र हुनेछ भने डेढ किलोमिटर दूरीको सडकमा साढे पाँच मिटर कालोपत्र हुने निर्माण कम्पनीले जनाएको छ । साढे दुई वर्षअघिबाट निर्माण कार्य सुरु गरिएकामा हालसम्म करिब २ किलोमिटर सडक कालोपत्रे भएको छ ।
सम्बन्धित समाचार
पाल्हीनन्दनको कार्यवाहक अध्यक्षमा कृष्णचन्द्र र उपाध्यक्षमा अनामिका
पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा पदमुक्त
कर्मचारी पुरस्कृतमा जसपाकाे आपत्ति
पाल्हीनन्दनको बजेट ५१ करोड बढी, सबैभन्दा बढी पूर्वाधारमा
कार्तिक २३, २०८३