नारायणी नदीको बाढीले सुस्तामा कटान, स्थानीय सुस्ता जोगाउन प्रयासमा

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 79 views
0 Shares

नवलपरासी, २ असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्तामा नारायणी नदीमा आएको बाढीले सुस्तामा कटान सुरु गरेको छ ।

Advertisement

नारायणी नदीपारी (पूर्वतर्फ) सुस्तामा नारायणीको बाढीले विवादित भुमिसहित नदीको बाँधलाई कटन सुरु गरेपछि सुस्ता जोखिममा बढेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताउनु भएको छ । दुइदिनको लगातार वर्षाले नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता स्थित भूमी र बाँधहरु काटन थालेको उहाँले भन्नुभयो । लगातारको कटानले बाँध कतिबेला फुट्छ भन्न नसकिने अवस्था रहेको उहाँले भन्नुभएको छ । सुस्ताबासीले गाउँबाट चन्दा उठाएर ढुङ्गा गिट्टिलाई ट्याक्टरले व्यवस्थापन गरि बाँधलाई मर्मत गरिरहेको उहाँले भन्नुभयो ।

बाँध कटान रोक्ना तथा फुट्न नदिनलाइ सिँचाई डिभिजन कार्यालय सेमरीले लाइलनको जाली सय थान पाँच हजार बोरा दिएको जैवसवालले भन्नुभयो । त्यस्तै सुस्ता गाउँपालिका र जिल्ला प्रशासन कार्यालय लगायतबाट पनि जाली र बोराहरु माग गरिएको उहाँले बताउनु भएको छ ।

सुस्ता गाउँपालिका ५ सुस्ताकै मुनसी कुमारले नारायणी कटानले स्थानीय चिन्तित बनेका छन् । बाँध फुट्न नदिनका लागि स्थानीयहरुको निरन्तर प्रयास जारी रहेकोे छ । तर पानी पर्दैगयो र नदीमा पानीको सतह घटेन भने सुस्तालाई जोगाउन गाह्रो रहेको, उहाँले भन्नुभयो । हामि हिजैदेखि बाँध जोगाउनका लागि खटिरहेका छौं माटो, ढुङ्गा र रुखहरु बाँध माथि राखेर जोगाउने प्रयासमा छौं । तर कटान रोकिएन भने ठुलो क्षति हुनसक्ने उहाँले बताउनु भयो ।

सुस्ता भूमिमा नारायणी नदीको बाढीले भइरहेको कटानलाई रोक्नका लागि स्थानीय र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेका छन् ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: