गण्डक जलविद्युतलाई वार्षिक साढे नौं करोड घाटा

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 64 views
0 Shares

नवलपरासी, असार ३ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरा स्थित गण्डक जलविद्युत केन्द्रलाई वार्षिक साढे ९ करोड घाटा हुनेगरेको छ ।

Advertisement

गण्डक नहरमा पानी बन्द भएपछि वार्षिक ९ करोड ६० लाख घाटा हुने गरेको गण्डक जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुषालले बताउनु भएको छ । उहाँले भन्नुभयो, “भारतको उतर प्रदेश गोरखपुर स्थित गोरखपुर सिंचाई विभागले वर्षको दुईपटक गण्डक नहरलाई मर्मत तथा सरसफाईको नाममा नहरमा पानी बन्द गरेपछि हामिलाई उक्त घाटा हुने गरेको छ । सिंचाई विभागले कार्तिक–मंसिर र फागुन–चैत गरि दुईपटक ४ महिनासम्म पानी बन्द गर्नेगरेको छ ।” पानी आउन बन्द भएपछि जलविद्युत उत्पादन पूर्णरुपमा बन्द हुन्छ, उहाँले भन्नुभयो । जस्लेगर्दा एकदिनमा ७ देखि ८ लाखसम्म घाटा हुन्छ ।”

नहरमा पानी बन्द भएको बेला जलविद्यतु केन्द्रले पनि आफ्नो मर्मत कार्यहरु दुई हप्ताभित्रै सम्पन्न गर्दै आएको छ, प्रमुख भुषालले भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले सकेसम्म विद्युत उत्पादन बन्द गर्दैनौ । तर अन्य जलविद्युत केन्द्रले भने मर्मतका लागि भार प्रेसण केन्द्र काठमान्डौंसंग अनुमति लिएर आवश्यकता अनुसार विद्युत उत्पादन बन्द गरेर मर्मत कार्य गर्छन ।” नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ जलविद्युत केन्द्र निर्माण गरि ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युतमा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षले गर्दै आएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका त्रिवेणी स्थित गण्डक व्यारेजबाटै नहरको पानी बन्द हुने गरेको भुषाले भन्नुभयो ।

तीनवटा टर्वाइन भएको जलविद्युत केन्द्रको १५ मेगावाट विद्युत उत्पादन क्षमता हो । तर उक्त जलविद्युत केन्द्रको दुई वटा टर्वाइनले ४ साढे ४ मेगावट मात्रै उत्पदान गर्दछ । एउटा टर्वाइन विग्रेर थन्केको छ ।


लेखक: अनिल यादव
सेयर गर्नुहोस्: