घरमै पुगेर न्यानो कपडा (कम्बल) वितरण

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 29 views
0 Shares

परासी, माघ ९ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले न्यानो कपडा (कम्बल) वितरण गरेको छ । शितलहर तथा जाडो बढेपछि गाउँपालिकाले कम्बल वितरण गरेको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भएको छ ।

Advertisement

गाउँपालिकाले पूर्णअपाङ्ग तथा ८० वर्ष भन्दा माथीका बृद्धहरु लाई कम्बल वितरण गरेको अध्यक्ष यादवले बताउनु भएको छ । अत्याधिक चिसो तथा जाडो बढेपछि चिसोबाट बच्नका लागि घर–घरमा पुगेर वितरण गरिएको उहाँले बताउनु भयो । चिसोको कारण अकालमै ज्यान गुमाउन नपरोस भन्दै कम्बल वितरण गरिएको यादवले भन्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरीले वडा न. ९ र ८ देखि कम्बल वितरण सुरु गरिएको बताउनु भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु लगायतको टोलीले घर–घरमा पुगेर कम्बल वितरण गरेको उहाँले बताउनु भएको छ । अहिले सम्म सय भन्दा बढीलाई वितरण गरिएको र एकदुई दिनमा सबै वडामा वितरण सम्पन्न गर्ने प्रमुख चौधरीले बताउनु भएको छ ।

पश्चि नवलपरासीमा पछिल्लो हप्ता दिनदेखि जाडो एकदमै बढेको छ । बाक्लो कुहिरो तथा शितलहरले जनजिवन प्रभावित समेत बनेको छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: