प्रतापपुरमा बालविवाह रोक्न आर्थिक सहयोगको नीति

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 70 views
0 Shares

नवलपरासी, असार १० । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले बालविवाह रोक्न अर्थिक सहयोगको नीतिलाई अगाडि सारेको छ ।

Advertisement

आईतवार गाउँपालिकाले १८औं गाउँसभा गर्दै पालिकामा बालविवा रोक्नका लागि २१ हजार नगद सहयोग गर्ने नीतिलाई अगाडि सारेको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनु भएको छ । गाउँपालिकाभरीमा जो कसैले पनि आफ्नो छोरीको विवाह उमेर पुगेर गरेपछि गाउँपालिकाले उनिहरुलाई सम्मानका लागि आर्थिक सहयोग गर्ने यादवले भन्नुभएको छ । उहाँले भन्नुभयो, “यो नीती सबैको लागि लागु गरिएको छ । धनी वा गरिब जस्ले पनि छोरीको विवाह गर्ने उमेर पुगेपछि विवाह गर्दा गाउँपालिकाले तीनलाई नगद सहयोग गर्नेछ ।” बालविवाहका चुनौतीहरु बढदै गएपछि रोक्नका लागि फरक किसिमको नीतिलाई गाउँपालिकाले अगाडि बढाएको उहाँले भयो ।

गाउँपालिका केही महिना अगाडि दुईवटा बालविवाहलाई रोक्न प्रयास गरेको हो । प्रतापपुर गाउँपालिकाको ३ मा एक परिवारले नबालिक बुहारी भित्र्याउने तयारीमा रहेको गाउँपालिकालाई जानकारी हुनेवित्तिकै उक्त विवाह रोकिएको उपाध्यक्ष चौधरीले बताउनु भएको छ । उहाँले भन्नुभयो, “छिमेकी गाउँपालिका सरावलबाट एक नबालिकको विवाव प्रतापपुर गाउँपालिका ३ सोमनीमा हुन लागेको जानकारी हुने वित्तिकै विवाहलाई हामिले राकेका हौं ।” तर विडम्बना एउटा विवावलाई रोक्न सकेनौं । गाउँपालिका कै वडा नं. ९ चण्डाल चोकमा पनि एक नबालिकको भारतमा विवाह हुन लागेको हामिले जानकारी पाउने वित्तिकै रोकेका थियौं । तर पछि उनिहरु भारतमा छोरी दिनेभएर भारतमै गएर उसको विवाह गरिदिएको हामिले जानकारी पाएका छौं उहाँले बताउनु भएको छ ।

गाउँपालिकाले बालमैत्रि घोष्णाको लागि पनि काम गर्दैछ । यो नीतिले गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोष्ण गर्न मद्त हुँनेछ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: