आन्तरिक स्रोतको व्यवस्थापन पछि आवश्यकताको आधारमा कर्मचारी राख्ने

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 80 views
0 Shares

परासी, १७ कार्तिक । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले करार तथा ज्यालादारीको कर्मचारी निकालेपछि उत्पन्न समस्या समाधानको तयारीमा जुटेको छ ।

Advertisement

गाउँपालिकाले कार्तिक १ गतेबाट लागु हुनेगरी दरबन्दी बाहेक करार ज्यालादारीका सबै कर्मचारीहरु लाई हटाएको छ । कार्तिक २ गते पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले ९२ जना दरबन्दी बाहेकका कर्मचारीहरु निकालिएको बताउनु भएको थियो । जस्मा शिक्षक, स्वास्थ्यकर्मी, कम्प्यूटर अपरेटर र पाले लगायतका कर्मचारी रहेका थिए । कर्मचारी निकालिएपछि अहिले शिक्षा, स्वास्थ्य लगायत वडाको सेवा प्रवाहमा समस्या खडा भएको छ ।

यसैविच गाउँपालिकाले आइतवार पालिका मातहतका सबै सामुदायिक विद्यालयको प्रअ र विद्यालय व्यवस्थापन समितिलाई शिक्षा सम्बन्धी चुनौती र समाधान विषयक अन्तरक्रिया गरेको छ । जस्मा अधिकांश विद्यालयको पठनपाठनमा समस्या भएको भन्दै तत्कालै समाधान तर्फ लाग्न सबैले अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै श्री गणेश माध्यमिक विद्यालय बसहियाका प्रअ अभिनन्दन सिँहले एकजना विषयगत शिक्षकको अभाव भएको बताउनु भयो । यस्तै डम्बर बहादुर माध्यमिक विद्यालय पिपरपातिका प्रअ मनोज सिँह थापाले २ वटा अध्यक्ष शैशिक्ष बेरोजगारबाट रहेका शिक्षकहरु हटेपछि पठनपाठनमा चुनौति थपिएको बताउनु भयो ।

कर्मचारी निकालिएपछि समस्या उत्पन्न समयाको दिघृकालिन समाधानमा जुट्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष यादवले बताउनु भएको छ । उहाँले भन्नुभयो, “संघिय सरकारको निर्देशन अनुसार निकालिएका कर्मचारीहरुबाट परेको असरलाई समाधानका लागि गाउँपालिकाको आन्तरिक स्रोत व्यवस्थापन गर्न आवश्यक रहेको छ । जसका लागि पालिका भित्रका केहि खोला नालाको ठेक्का, पैठारी निकासी र बजार ठक्का लगाउने जस्ता काममलाई अगाडि बढाउँदै राजस्वमा वृद्धि गर्नुपर्ने देखिन्छ ।” त्यसको तयारीका लागि गाउँलिकाले कार्तिक महिनामै विशेष गाउँसभा गर्दैछ ।

त्यसपछि ठेक्का संगै गाउँपालिकाले ओ एण्ड एम सर्वे गर्दै कार्यपालिकाबाट पारित गर्दै लुम्बिनी प्रदेश सरकार संग अनुमति लिएर आवश्यकताको आधारमा कर्मचारीहरु राखिने उहाँले बताउनु भयो ।

प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले यस्तो शिक्षक अभावको समयमा पनि प्रअहरुले आप्mनै व्यवस्थापन अनुसार पठानपाठन गराइरहेकोमा धन्यवाद दिनु भएको छ । उहाँले भन्नुभयो यस्तो चुनौतिको समयमा हामि सबैले मिलेर समाधानको प्रयासमा लाग्न जरुरी रहेको छ ।

यसैगरी कार्यक्रममा बोल्दै वडाअध्यक्षहरुले पनि आफ्नो वडामा कम्प्यूटर अपरेटर नभएर काम गर्न कठिनाई भएको बताएका छन् । प्रतापपुर ९ का वडाअध्यक्ष जयकिशुन चौधरीले कर्मचारी निकालिएपछि कामै नभएको कर्मचारीहरु राखेर पाल्ने काम मात्रै भएको केहि व्यक्तिहरुले भनेका थिए । तर अहिले उनैहरुको काम रोकिएपछि गुनासो सुनाउन थालेको भन्नुभयो ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: