प्रतापपुरको २० औँ गाउँसभा
गाउँपालिका अध्यक्षकाे आमाको निधन र चुनावका कारण ढिलो गरि बिहिवार गाउँसभा सम्पन्न
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले हिउँदे गाउँसभा सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको आमाको निधन र चुनावका कारण ढिलो गरि बिहिवार मात्र गाउँसभा गरेको प्रतापपुर गाउँपालिकाले विभिन्न बजेट शंसोधन तथा कार्यविधि पास गरेको छ । पालिकाले २० औँ गाउँसभा मार्फत वडागत तथा पालिका स्तरीय योजना र कार्यक्रम संशोधनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
यसैगरि गाउँसभाले हाल सम्मको कार्यपालिकाको निर्णय र आय व्यय अनुमोदन गरेको छ । प्रतापपुर गाउँपालिकाको न्यायिक समितिका कामकारवाही र निर्णय अनुमोदन गर्नुका साथै गाउँपालिकाको लेखा समिति पनि गठनको निर्णय अनुमोदन गरेको छ ।
गाउँसभामा बोल्दै गाउँपालिकाका अध्यक्ष यादवले पालिकाले सिमित स्रोत र साधनका बिच विभिन्न क्रियाकलाप गर्दे आएको उल्लेख गर्दे धेरै आयोजना सम्पन्न गर्न आर्थिक रुपमा परेको समस्या समाधानको प्रयास भइरहेको उल्लेख गर्नुभयो । प्रदेश तथा संघिय सरकार मार्फत संञ्चालमा रहेका योजना परा नहुँदा समस्या भएको उल्लेख गर्दे यादवले स्थानीय सरकारले जनताको सरकार बनाउन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाले सबै निर्णय पारदर्शि रुपमा गर्दे आएको बताउदै उहाँले पुर्वाधार विकास, स्वास्थ्य क्षेत्रको विकास र समाजिक विकासका क्षेत्रमा प्राथमिकताका साथ काम गर्दे आएको उल्लेख गर्नुभयो । पालिकाको आन्तरिक आम्दानी बढाउन पनि योजना कार्यान्वयनमा ल्याएको बताउदै विगतमा करारका कर्मचारी कटौतीको काम गर्दे आएको उल्लेख गर्नुभयो ।
कार्तिक २४, २०८३