हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
परासी, पुष २४ । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खुर्सानी खोलामा बाक्लो हुस्सु र शितलहरले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभएकाे छ ।
राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनुभयो । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।

सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताउनुभयो । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अवेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।
सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
कार्तिक २३, २०८३