पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका भित्र सिमासार क्षेत्रदेखि लिएर पौराणिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न अस्था पर्यटकीय स्थलहरु रहेको छ ।
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आन्तरिक स्रोतमा वृद्धि गर्नका लागि पर्यटकीय स्थलहरु लाई विकास गर्न थालेको छ ।
मंगलवार नेपाल पत्रकार महासंघको आयोजनामा नगरभित्रका पर्यटकीय क्षेत्रको विकास र सम्भावनावारे सञ्चारकर्मी र जनप्रतिनिधिबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठले नगरभित्रका पर्यटकीय स्थललाई विकास गर्दै आन्तरिक स्रोतमा वृद्धि गर्ने नितिलाई अगाडि बढाएको बताउनु भएको छ । उहाँले भन्नुभयो, पर्यटकीय क्षेत्रलाई विकास गर्दै पर्यटकहरु भित्रिएपछि रोजगारी बढ्नुका साथै आन्तरिक स्रोतमा वृद्धि हुनेछ ।
नगरपालिकालाई चिनाउनका लागि प्रयाप्त रहेको पर्यटकीय स्थलको प्रचारप्रसार संगै नगरको गहानको रुपमा विकास गर्न नगरपालिकाले पहलकद्मी गरेको नगरप्रमुख श्रेष्ठले भन्नुभयो । बर्दघाट नगरपालिका भित्र सिमासार क्षेत्रदेखि लिएर पौराणिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न अस्था पर्यटकीय स्थलहरु रहेको छ । बाउन्नगढि, बनदेबी, बुद्ध मंगल ताल र बाउन्नघोला सिमसार क्षेत्र लगायतका पर्यटकीय स्थलहरु रहेका छन् ।
बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बुद्धमंगल ताललाई लुम्बिनीसंग जोडेर विकास गर्दै जाने तयारी रहेको बताउनु भएको छ । पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धन गर्दै प्रसारप्रसार जुटेको उहाँले भन्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सञ्चारकर्मीहरुको सुझावकै आधारमा नगरपालिकाले अगामि दिनको योजना निर्माण गरि विकास गर्ने भन्नुभयो । पत्रकारहरुले लेखेको समाचारको आधारमा पनि कहाँ ? के आवश्यकता हो त्यसका लागि नगरपालिका त्यसै अनुसार आफ्ना योजनाहरु निर्माण गरि विकास गर्ने उहाँले भन्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता सन्तबादुर गाहाले पत्रकारको कलमले नै समाजको चित्रण हुने भएको हुनाले वास्तविक कुरामा मात्रै कलम चलाउन अनुरोध गर्नुभयो । उहाँले भन्नुयो, बर्दघाट नगरपालिका भित्र नगरपालिकाले गरेका विकास निर्माण कार्य सहित ओझेलमा परेको स्थलहरु पनि कलमबाट चिनाउन तपाईहरुको जिम्मेवारी रहेको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीका निवर्तमान अध्यक्ष हरि शर्माले सरकारले मिडियालाई अङ्कुश लगाउन खोजेको बताउनु भयाे । उहाँले भन्रुभयाे, श्रमजीवी पत्रकार हखित र सञ्चार माध्यमको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहेकाे छ ।
त्यस्तै खुला सत्रमा पत्रकार कुश्माखर ढकाल र माल्ती न्याैपाने लगायतले पनि अाफ्नाे धारणा राख्नु भएकाे थियाे ।
सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
प्राकृतिक फूलमाला प्रयोग गर्न बर्दघाट नगरपालिकाको अनुरोध, नियमन गर्न व्यवसायीकाे माग
कार्तिक २४, २०८३