प्राकृतिक फूलमाला प्रयोग गर्न बर्दघाट नगरपालिकाको अनुरोध, नियमन गर्न व्यवसायीकाे माग
नवलपरासी, ३१ असोज । आउँदै गरेको तिहार तथा छठपर्वलाई मध्यनजर गरेर बर्दघाट नगरपालिकाले स्थानीय उत्पादनलाई संरक्षणका लागि प्राकृतिक फूलमालाको प्रयोग गर्न अनुरोध गरेको छ ।
बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले स्थानीय कृषकहरुको उत्पादनलाई प्रोत्साहन तथा संरक्षणका लागि प्राकृतिक फूलमालाको प्रयोेग गर्न अनुरोध गरिएको बताउनु भएको छ । “उहाँले भन्नुभयो, बाहिरबाट आएका प्लाष्टिकको मालाले यहाँका किसानहरुले उत्पदान गरेको फूलले बजार नपाएपछि हामी प्राकृतिक रुपमा स्थानीय तथा स्वदेशी उत्पदानमा जोड दिएको हो ।”
बर्दघाट नगरपालिका–१० बस्ने खुमाकान्त न्यौपानेले अनुरोध संगै नियमको पनि आवश्यकता रहेको बताउनु भएको छ । “उहाँले भन्नुभयो, नरगपालिकाले बजारमा रहेका पसलहरुमा अनुगमन पनि गर्नुपर्छ । बजारभरी प्लाष्टिका मालाहरु छन् । ती मालाहरु बजारमा छ्यापछ्याप्ती भएपछि प्राकृतिक फूलमालाले कसरी बजार पाउँछ ।”
उहाँ २ वर्षदेखि २ विगहा क्षेत्रफलमा बाह्रामासे सयपत्री फूलको खेति गर्दै आउनु भएको छ । उहाँ नगरपालिकाको वडा नं. २ मा प्रतिकठ्ठा ५ हजारको दरले लिजमा जग्गा लिएर फूल खेति गर्नुभएको छ । “उहाँ भन्नुहुन्छ, फूल खेतिको व्यवसायमा राम्रो आम्दानी छ । तर प्लाष्टिकका मालाहरु पूर्णरुपमा रोक लगाउनुपर्छ ।
उहाँ फूल व्यवसायबाट करिब १२ देखी १५ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेको बताउनु भयो । यसवर्ष उहाँले ४० लाखको कारोबार गर्ने लक्ष्य लिएको बताउनु भयो । उहाँको फूल व्यवसायमा २५ जना कामदारहरु काम गर्दै आउनु भएको छ । १० जना दैनिक हो भने १५ जनालाई महिनाको १५ देखि २० दिनसम्म काम गर्नुहुन्छ खुमाकान्तले भन्नुभयो ।
उहाँले उत्पादन गरेको सयपत्री फूल स्थानीय बजार र सुर्खेत, स्याङजा, अर्घाखाँची, गुल्मी, काठमाडौं, चितवन जनकापुर लगायतको ठाउँमा जाने गरेको छ ।

सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
कार्तिक २३, २०८३