बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
नवलपरासी, १४ पुस । बर्दघाट पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले किसानहरुको स्वास्थ्य सेवाको सहजताका लागि प्याथोलोजी सेवा(ल्याब परिक्षण)मा ८० प्रतिशत सम्म छुट दिने गरी नीति तथा कार्यक्रममा समावेस गरेको छ ।
यसका लागि नगरपालिकाले आर्थिक बर्ष ०८२/८३ क बजेटमा रु १० लाख रुपैयाँ बिनियोज गरेको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभएकाे छ । नगर भित्र रहेका सहिद स्मृति सामुदायिक अस्पताल र चिसापानी अस्पतालबाट यो सेवा लिन सकिने छ ।
“हामिले यी दुई वटा अस्पतालहरुबाट किसान सँगै,अपाङ्ग,जेष्ठ नागरिक,एकल महिलाहरुलाई पनि यो सुबिधा प्रदान गरेका छौँ,लक्षित बर्गले यसबाट पक्कै लाभ लिनेछ्न भन्ने हाम्रो विश्वास हो”, नगर प्रमुख श्रेष्ठले भन्नुभयाे ।
मुलतः बिपन्न कृषक बर्गहरुले यो सुबिधा प्राप्त गरुन भन्ने उदेश्यलले निश्चित मापदण्डका आधारमा यो सुबिधा दिने गरिएको उहाँले बताउनु भयाे ।
फर्म दर्ता भै पान नम्बर प्राप्त गरी नगरभित्र सुचिकृत भएका कृषकहरुले मात्रै यो सेवा लिन सक्ने गरि कार्यबिधी बनेको नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयाे । नगरपालिकाले सोही मापदण्डका आधारमा किसान परिचय पत्र बितरण गरेको छ ।
सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
प्राकृतिक फूलमाला प्रयोग गर्न बर्दघाट नगरपालिकाको अनुरोध, नियमन गर्न व्यवसायीकाे माग
कार्तिक २३, २०८३