बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनमा देशमै उत्कृष्ट
परासी, २१ कार्तिक । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका उपभोक्ता हित संरक्षण र सुशासनको क्षेत्रमा देशमै उत्कृष्ट भएको छ ।
शुक्रवार (आज) उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला शाखा नवलपरासीको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभामा बर्दघाट नगरपालिकालाई केन्द्रले ३०औं साधारण सभाबाट उत्कृष्ट घोष्णा गरेको जनाएको छ । बर्दघाट नगरपालिकाले उपभोक्ता हित संरक्षण तथा नगरपालिका भित्र सुशासन कायम गर्न देशभरीमै उत्कृष्ट काम गरेको भन्दै आज सम्मन पत्र हस्तान्तरण गरिएको हो । त्यस्तै जिल्ला शाखाले पनि जिल्ला भरीमा राम्रो काम गरेको भन्दै सम्मान गरेको मञ्चको जिल्ला शाखा सचिव मोहन पौडेलले बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिका भित्र उपभोक्ताको हितका लागि नगरपालिकाले निरन्तर अनुगमन र सुशासनको लागि काम गर्दै आएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगरसमिति द्धारा निरन्तरको सहकार्य संगै बर्दघाट नगरपालिकाको अनुगमनले आज हामि देशभरीमा उत्कृष्ट भइ सम्मान–पत्र ग्रहण गरेकोमा खुसी छौं ।” बर्दघाट नगरपालिका उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै बजेट छुट्याएर अभिमुखिकरण र अनुगमन गर्दै आएको उहाँले बताउनु भयोे ।
बर्दघाट नगरपालिकाका उपमेयर रुद्र प्रकाश उपाध्यायले विद्यालय स्तरदेखि आमा समुह र अन्य समाजिक संघ संस्थाको सहकार्यमा निरन्तर बजार अनुगमन र सुशासन कायमको लागि काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र पर्ने शहरदेखि गाउँ बस्तीसम्म पुगेर उपभोक्ता हितको संरक्षणको लागि काम गर्दै आएको छ ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख भौगती प्रसाद यादवले बजार अनुगमन समय–समयमा बजार अनुगमन गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, बर्दघाट नगरपालिकाले देशभरी मै र जिल्लाभरीमा उत्कृष्ट भइरहँदा अन्य पालिका किन नहुने अन्य पालिकाले पनि त्यसै अनुसार काम गर्न आवश्यक छ ।
यसैगरी कार्यक्रमा जिल्ला शाखाले बर्दघाट नगरपालिका सहित ४ जनालाई सम्मानित गरेको छ । शाखाले संस्थापक अध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवाली, केन्द्रीय सचिव एवं निवर्तमान अध्यक्ष सरस्वती शर्मा पंगेनी र उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगरसमितिलाई सम्मानित गरेको छ ।
कार्यक्रम मञ्चको केन्द्रीय सचिव सरस्वती शर्मा पंगेनी, रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरी, सुस्ता गाउँपालिका उपाध्यक्ष गिता चौधरी, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली, नेपाल वार एशोसियसनका अध्यक्ष रामकृष्ण पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरी लगायतले बोल्नु भएको थियो ।
सम्बन्धित समाचार
बर्दघाट नगरपालिकाद्वारा आगामी बजेट तर्जुमा तथा कार्यक्रमका लागि सुझाव संकलन
पर्यटकीय स्थललाई आन्तरिक स्रोतको रुपमा विकास गर्दै बर्दघाट नगरपालिका
बर्दघाटमा किसानदेखि जेष्ठ नागरिकलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा
प्राकृतिक फूलमाला प्रयोग गर्न बर्दघाट नगरपालिकाको अनुरोध, नियमन गर्न व्यवसायीकाे माग
कार्तिक २३, २०८३