नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद

जनविचार

जनविचार

आश्विन २८, २०८३ 46 views
1 Shares

नवलपरासी । नवलपरासी प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा ल्याइएको १४ लाख रुपैयाँभन्दा बढी मूल्यको मदिरा बरामद गरेको छ।

सुस्ता गाउँपालिका–४, महलबारीस्थित भित्री सडक खण्डमा १४ लाख ८४ हजार बराबरको मदिरा बरामद गरि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले जानकारी गराउनु भएकाे छ ।

बिहीबार(आज) बिहान करिब ४ बजे ११ वटा हरियो ठूलो झोलामा अवैध मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचनाकाे आधारमा प्रहरीले मदिरा बरामद गरेको हो सूचना अधिकारी थापाले बताउनु भयाे। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङको निर्देशनमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त मदिरा बरामद गरेको जनाएको छ उहाँले बताउनुभयो।

बरामद मदिराबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: