दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते

जनविचार

जनविचार

आश्विन २५, २०८३ 40 views
36 Shares
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका  ४ यस मोडमा बस अनियन्त्रित भई पल्टिँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान करिब साढे ७ बजे पूर्व–पश्चिम राजमार्गमा काठमाडौंँबाट धनगढीतर्फ जाँदै गरेको सुन्दर सुदूरपश्चिम यातायातको सु.प्र. ०१–००१ ख २३३० नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा पल्टिएपछि दुर्घटना भएको हो । बसमा ४० देखि ४५ जना  सवार रहेका थिए । जसमध्ये पाँच जना घाइते भएको र उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

घाइतेहरुको नाम र अवस्था

  • दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामीको बायाँ गाला र नाकमा सामान्य चोट लागेको छ । 
  • अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
  • दार्चुलाको मार्मा गाउँपालिका–३ का ३० वर्षीय भग्वती अवस्थीको दायाँ कुहिनामा सामान्य चोट लागेको छ । 
  • कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्काको दायाँ खुट्टाको घुँडामा चोट लागेको छ । र सोही गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशीको ढाड दुखेको र बाहिरी चोट नदेखिएको र अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।

दुर्घटनामा परेको बस घटनास्थलमै रहेको भए पनि पूर्व–पश्चिम राजमार्गमा यातायात आवागमन पूर्ण रूपमा सुचारु रहेको छ।
 

लेखक: जनविचार
सेयर गर्नुहोस्: