भारत लैजान लागेको शालग्राम प्रहरीको नियन्त्रणमा
नवलपरासी । अवैधरुपमा भारत लैजान लागेको शालग्राम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ पत्थरकला स्थित भित्रि सड्क खण्डमा नेपालबाट भारत तर्फ लैजान सड्क छेउमा राखिएको शालग्राम प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले बताउनु भएको छ ।
सोमवार (हिजो) साँझ कुडिया प्रहरी चौकीका टोली गस्तीमा गएको बेला भारत लैजानको लागि तयारी अवस्थामा राखिएको ८०१ थान शालग्राम नियन्त्रणमा लिएको सूचना अधिकारी थापाले भन्नुभयो । उक्त शालग्रामको बजार मुल्य ३ लाख २० हजार रहेको भन्दै महेशपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको उहाँले भन्नुभयो ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
जनविचार
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
जनविचार
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
जनविचार
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
जनविचार
नवलपरासीमा २०८ शव मध्ये १४५ व्यवस्थापन
अनिल यादव
कार्तिक २४, २०८३