नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासी। पश्चिम नवलपरासीमा आएको हावाहुरीले विद्युत पोल तथा तारमा क्षति पुगेको छ ।
हावाहुरीले रुखहरु ढल्दा २१ वटा पोलमा क्षथि पुगेको परासी विद्युत वितरण केन्द्र कार्यालय नवलपरासीका इन्जिनीयर रामाशंकर शाहले बताउनु भएको छ । शुक्रवार राति आएको ठुलो हावाहुरीले सबै भन्दा बढी ३३ के.भि.र ११ के.भि.मा क्षति पु¥याएको उहाँले भन्नुभयो ।
इन्जिनियर शाहका अनुसार विद्युतमा ५ लाख भन्दा बढीको क्षति भएको छ । उहाँले भन्नुभयो, “हावाहुरीले रुखहरु तार तथा पोलमा ढलेपछि क्षति भएको हो । त्यसैले दिउँसो जिल्लाको अधिकांश ठाँउमा बत्ती थिएन । अहिले मर्मत गरेर धेरै ठाँउमा बत्ती दिइसकेका छौं । कार्यालयका कर्मचारीहरु अहिलेसम्म कार्यक्षेत्रमा खटेर काम गर्दै हुनुहुन्छ ।”
जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका लगायतको स्थानीय तहमा हावाहुरीले विद्युतको पोल ढलेपछि विद्युत अवरुद्ध भएको थियो इन्जिनियर शाहले भन्नुभयो ।
कार्तिक २३, २०८३