नवलपरासीमा २०८ शव मध्ये १४५ व्यवस्थापन

लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा रहेको ४४ वटा शव, पिपरा अस्पताल कपिलवस्तुमा रहेको ५ वटा शव र पृथ्वी चन्द्र अस्पताल परासीमा रहेको ९ वटा शवको पोष्टमार्टम भएको छैन् ।

अनिल यादव

अनिल यादव

भाद्र १७, २०८३ 109 views
54 Shares

नवलपरासी । भदौं १० गते भोटेकोशी बाढीले बगाएर ल्याएको शवहरु मध्यये १४५ वटा शव पश्चिम नवलपरासीमा व्यवस्थापन (गाडिएको) गरिएको छ । शवको पोष्टमार्टम (शव परिक्षण) पछि नवलपरासीको सुनवल नगरपालिका र बर्दघाट नगरपालिका स्थित जंगलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले बताउनु भएको छ ।

सूचना अधिकारी थापाका अनुसार २०८ शव मध्ये १४५ वटा शवलाई मात्रै व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “व्यवस्थापन हुन नसकेको ५८ वटा शवको पोष्टमार्टम हुन बाँकी रहेको छ । लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा रहेको ४४ वटा शव, पिपरा अस्पताल कपिलवस्तुमा रहेको ५ वटा शव र पृथ्वी चन्द्र अस्पताल परासीमा रहेको ९ वटा शवको पोष्टमार्टम भएको छैन् ।”
२०८ शव मध्ये नवलपरासीको नारायणी नदीमा १९० वटा फेला परेको र भारतबाट १८ वटा शव नवलपरासीमा ल्याइएको हो । जस्मा ४ पुरुष र १ महिला गरी ५ वटा शव परिवारको शनाखत भइ परिवारलाई नै बुझाइएको सूचना अधिकारी थापाले बताउनु भएको छ ।

हिजो दिउँसो सम्म परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा रहेको सबै शवको व्यवस्थापन गरिएको थियो । तर साँझसम्म फेरी ९ वटा शव नारायणीको वगरमा फेला परेपछि जिल्ला अस्पतालमा ल्याएर राखिएको सूचना अधिकारी थापाले बताउनु भएको छ । उहाँका अनुसार नवलपरासीको नारायणी नदीमा फेला परेको र भारतबाट ल्याइएको शवहरु मध्ये सबैभन्दा बढी पुरुषको रहेको छ । पुरुष ८६ वटा, महिला ४५ वटा, बालक ६ वटा बालिका ६ वटा, ६ वटा लिंग नखुलेको र ५९ वटा शरीरको अंगहरु मात्र फेला परेको छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: