अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते

जनविचार

जनविचार

आश्विन २५, २०८३ 69 views
9 Shares
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते

काठमाडाैँ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कावासोती नगरपालिका –०८ थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन्।


साेमबार बिहान मध्यबिन्दु नगरपालिका –०३ ब्रह्मस्थान बस्ने ४९ वर्षीय एकासी बोटेले कावासोती नगरपालिका–१७ अमलटारीघाटस्थित नारायणी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए ।

बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने तथा बेलनाकार रहेको उक्त वस्तुको लम्बाइ करिब २ फिट र गोलाइ १४ इन्च रहेको थियो।

Advertisement


बोटेले उक्त वस्तु घरमा ल्याएपछि बिहान करिब ११:२० बजे देश भारत, मोतिहारी घर भई हाल कावासोती नगरपालिका –०८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारसँग मिलेर हेक्सा ब्लेडले काट्ने क्रममा उक्त वस्तु अचानक पड्किएको थियो ।


उक्त वस्तु पड्किँदा दुवै जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएकोमा दुवैको अवस्था मध्यम रहेको छ। उक्त घटनामा फेला परेको वस्तुको तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान प्रहरीले जनाएकाे छ। (राताेपाटी)

लेखक: जनविचार
सेयर गर्नुहोस्: