दाउन्नेमा बस पल्टिँदा ६ काे मृत्यु, ११ घाइते

जनविचार

जनविचार

आश्विन १६, २०८३ 134 views
15 Shares

नवलपरासी । बुटवल- नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा आज बिहान भएकाे दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ ।

 काेहलपुरबाट काठमाण्डाैंतर्फ जाँदै गरेकाे प्रदेश ३-०१-००६ ख १५५३ नम्बरको बसकाे ब्रेक फेलभई नालामा पल्टिँदा उक्त दुर्घटना भएकाे हाे । ।

Advertisement

दुर्घटनामा ११ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयाे । मृतकहरूको सनाखत हुन बाँकी छ ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: