नवलपरासीमा गाँजासहित एकजना महिला पक्राउ

जनविचार

जनविचार

आश्विन ११, २०८३ 115 views
45 Shares

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले गाँजासहित एकजना महिलालाई पक्राउ गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–८ गंगापुर अडारेटोल बस्ने चम्पा गुप्तालाई प्रहरीले गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले जानकारी दिनु भएको छ ।

सूचना अधिकारी थापाका अनुसार सोमवार (आज) साढे ५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले गुप्ताको घरमा खानतलासी गर्दा घर अगाडि रहेको धान राख्ने भकारी भित्र १० वटा बोरामा लुकाएर राखेको गाँजा फेला पारि नियन्त्रणमा लिएको हो । उक्त गाँजा ५७.६ के.जि. रहेको उहाँले बताउनु भएको छ । 

Advertisement

गाँजा सहित पक्राउ परेकि ६८ वर्षीय गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताउनु भयो ।
 

लेखक: जनविचार
सेयर गर्नुहोस्: