बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो

जनविचार

जनविचार

आश्विन २४, २०८३ 90 views
27 Shares

सुलीकोट । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले सल्लेरी बजार क्षेत्र र जलजिद्युत आयोजनाको क्याम्प बगाएको छ ।

नदीमा आएको लेदोसहितको बाढीले बजार क्षेत्र तथा आयोजनासँग सम्बन्धित सबै संरचना बगाएको हो । 
बुढीगण्डकी नदीमा पानीको बहाव बढेसँगै आएको लेदोसहितको बाढीले नदी किनारमा संरचनामा क्षति पु¥याएको छ । बाढीले सल्लेरी बजार र हाइड्रोपावर योजनाको क्याम्प बगाएपछि त्यहाँको भौतिक संरचनामा ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
 
बाढीले क्षति पु¥याएपछि नदी तटीय क्षेत्रका स्थानीय बासन्दिाहरुमा त्रास फैलिएको छ । नदी थुनिने र खुल्ने क्रम दोहोरिएपछि नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ ।

आइतबार बिहान साढे ४ बजेतिवर ठुलो आवाजसहित बाढी आएपछि लोक्पासहित नदी आसपासका बासिन्दा ज्यान जोगाउन भागभाग गरेका स्थानीय सेराप गुरुङको भनाइ छ । 
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।    (गाेरखापत्र)

लेखक: जनविचार
सेयर गर्नुहोस्: