दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

जनविचार

जनविचार

आश्विन २५, २०८३ 73 views
23 Shares

घोराही । दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

घोराही–लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले सोमबार साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी राजन अधिकारीको मृत्यु भएको हो ।

Advertisement

टिपरको ठक्करबाट गम्भीर घाइते बालक अधिकारीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो ।

टिपर चालक तुलसीपुर उपमहानगरपालिका–१४ निवासी २६ वर्षीय टिपर चालक राजकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनापछि स्थानीयले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै घोराही–लमही सडकखण्ड अन्तर्गत कुइरेपानीमा सडक अवरुद्ध गरेका छन्  । (गाेरखापत्र)

लेखक: जनविचार
सेयर गर्नुहोस्: