नारायणी नदीमा पानी सहत बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो
यो वर्षको अहिलेसम्मकै उच्च मापन
नवलपरासी । गण्डकी प्रदेश अन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ त्रिवेणी स्थित गण्डक ब्यारेज (गण्डक नदी) को सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको सहत बढेपछि गण्डक ब्यारेजको ३६ वटै ढोका खोलिएको गण्डक योजना कार्यालय भैसालोटन बाल्मकी नगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईले बताउनु भएको छ ।
भूआर्जन हुलवाईका अनुसार नारायणी नदीमा पानीको सतह निरन्तर बढने क्रममा रहेको छ । दिउसो साढे १ बजे सम्म गण्डक ब्यारेजमा ३ लाख ४०० क्यूसेक पानी मापन भएको उहाँले भन्नुभयो । यो वर्षको अहिलेसम्मकै उच्च मापन भएको उहाँले भन्नुभयो । गण्डक ब्यारेजको कुल क्षमता ८ लाख क्यूसेक हो । तर पुरानो तथा जिर्ण भएको हुनाले ५ देखि ६ लाख पुग्यो भने खतराको नजिक पुगेको मानिने उहाँले भन्नुभयो ।
नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तामा सिधै असर पार्छ । सुस्ताको थारु टोलमा हिजैदेखी बाढी पस्न थालेपछि त्यहाँका स्थानीयलाई सुस्ता मै रहेको आश्रय स्थलमा सारिएको जिल्ला प्रशासन कार्यायल नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले बताउनु भएको छ । नारायणीमा पानीको सतह निरन्तर बढने क्रममा रहेको हुनाले सुस्ताका महिला, बालबालिका तथा बृद्धहरुलाई नारायणी नदी वारी सुस्ता गाउँपालिका–५ बालिनगरमा रहेको वीपि माध्यमिक विद्यालयमा ल्याउने तयारीमा रहेको बताउनु भएको छ । सुस्तामा ठुलो बाढी पस्यो भने रातीको समयमा महिला, बालबालिका तथा बृद्धहरुलाई भाग्न तथा उद्धार गर्न गाह्रो हुने भएको हुनाले उनिहरुलाई अहिले नै त्यहाँ स्थनान्तरण गर्ने तयारीमा जुटेको उहाँले भन्नुभयो ।
बाढीको डुबानमा परेको सुस्ताका २९ जना मानिस, १ वटा गाई र १३ वटा बाख्रा सहित अन्य दैनिक उपभोग्य समान सहित सुरक्षित ठाउँमा सारिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका प्रमुख (एसपी) गोविन्द बहादुर खातीले बताउनु भएको छ ।
नारायणी नदीमा बानेको गण्डक ब्यारेजको पुल आधा नेपालमा र आधा भारतको विहार राज्यमा पर्छ ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३