मुख्य राजमार्ग अवरूद पछि उपत्यकामा ग्यास अभाव
सडक सहज हुनेबित्तिकै आपूर्ति पनि नियमित हुने
मुख्य राजमार्गमा पहिरो गएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव देखिएको छ । कृष्णभिर तथा पृथ्वी राजमार्गमा पहिरोका कारण मुख्य राजमार्ग नै अवरुद्ध बनेपछि एलपी ग्यासको ढुवानी प्रभावित भएर काठमाडौँ उपत्यकामा ग्यास अभाव भएको हो ।
नेपाल आयल निगमका प्रवक्ता एवं आपूर्ति तथा वितरण विभागका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार “बाढीपहिरोका कारण तराईबाट काठमाडौँतर्फ हुने ग्यास ढुवानी प्रभावित भएकाले मुख्य रूपमा उपत्यकामा आपूर्तिको समस्या देखिएको हो । खाली सिलिन्डर तराई पठाएर रिफिल गरी पुनः उपत्यका ल्याउने नियमित आपूर्ति प्रक्रियामा सडक अवरोधले असर गरेको उहाँले बताउनुभयो ।
“केही दिनअघि उपत्यकाबाहिर पनि आपूर्तिमा केही समस्या थियो । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको छ । मुख्य समस्या अहिले काठमाडौँ उपत्यकामा देखिएको हो” उहाँले भन्नुभयो ।
सडक सञ्जाल पूर्णरूपमा सञ्चालनमा नआएसम्म कान्ति लोकमार्ग लगायत वैकल्पिक मार्ग प्रयोग गरी ग्यास उपत्यका ल्याइने काम भइरहेको निगमले जनाएको छ । सडक सहज हुनेबित्तिकै आपूर्ति पनि नियमित हुने प्रवक्ता ठाकुरले बताउनुभयो ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले चितवन, गैँडाकोट, हेटौँडा तथा नवलपरासी लगायतका स्थानमा रहेका बोटलिङ प्लान्टबाट ग्यास भरेर वैकल्पिक मार्ग हुँदै उपत्यका ल्याउने प्रयास गरिरहेका छन् । (स्राेतः गाेरखापत्र)
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३