हिमबाढी पीडितको पुनःस्थापना पहल सुरु
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिले पुनःस्थापनाका लागि आवश्यक पहल लिन प्रारम्भिक कार्य थालेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । सरकारले भोटेकोशी हिमबाढी पीडितको पुनःस्थापना यथाशीघ्र गर्न पहल थालेको छ । पुनःस्थापनाका लागि सुरक्षित जग्गा पहिचानका निम्ति भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको छ ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको हिमबाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरिएको हो ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठित समितिले पुनःस्थापनाका लागि आवश्यक पहल लिन प्रारम्भिक कार्य थालेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले समितिलाई बाढीका कारण घरजग्गामा क्षति भई विस्थापित भएका, सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ ।
समितिले हिमबाढीपीडित परिवारको पहिचानदेखि पुनःस्थापनाका लागि आवश्यक जग्गाको छनोट, स्थलगत अध्ययन, प्रारम्भिक विपत् जोखिम मूल्याङ्कन तथा अस्थायी बसोबासका लागि आवश्यक कानुनी प्रक्रियासम्मका विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने म्याण्डेट पाएको छ । (गाेरखापत्र)
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३