शव व्यवस्थापनमा प्रमुख जिम्मेवारीका साथ अगाडि बढन् मुख्यमन्त्री आचार्यको अनुरोध
शव गाडिएको ठाउँलाई तराबार तथा व्यवस्थित गर्न डिभिजन वन कार्यालय नवलपरासीलाई भन्नुभएको छ ।
नवलपरासी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनका लागि जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभएको छ ।
मंगलवार(आज) शव व्यवस्थापन निरीक्षणमा नवलपरासीमा आउनु भएका मुख्यमन्त्री आचार्यले भोटेकोशीको बाढीले बगाएर ल्याएको शवहरु नदीबाट निकाल्नु साथै व्यवस्थापनमा प्रमुख जिम्मेवारीका साथ अगाडि बढ्न प्रमुख जिल्ला अधिकारी सहति सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “रसुवामा आएको ठुलो बाढीले बगाएर ल्याएको शवहरु नवलपरासीको नारायणी नदीबाट बगेर जाने भएको हुनाले शव व्यवस्थापनको मुख्य जिम्मेवारी हाम्रो हो ।”
यसैविच मुख्यमन्त्री आचार्यले शव व्यवस्थापनमा खटेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “अहिले शवहरुको दुर्गन्धले उभिन नसक्ने अवस्थामा पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको कार्य प्रति म धन्यवाद दिन चाहन्छु । अहिलेको एकदमै जटिल अवस्थामा सहकार्य तथा सहयोगको आवश्यकता रहेको छ । आर्थिक कारणले कुनैपनि काममा ढिलाई नगरी अगाडि बढ्न अनुरोध गर्दै लुम्बिनी प्रदेश सरकार आर्थिक सहयोग गर्नेछ, उहाँले भन्नुभयो ।”
त्यस्तै भविष्यमा फैलिन सक्ने महामारी तथा रोगका रोकथामका लागि पनि तयारी अवस्थामा रहन र कार्ययोजना बनाउन स्वास्थ्यकर्मीहरु लाई मुख्यमन्त्री आर्चायले निर्देश पनि गर्नुभयो । शव गाडिएको ठाउँलाई तराबार तथा व्यवस्थित गर्न डिभिजन वन कार्यालय नवलपरासीलाई भन्नुभएको छ । त्यहाँ लाग्ने खर्च विप्द व्यवस्थापन समिति नवलपरासीको बैठक मार्फत माग गर्न उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले सकेसम्म हामीे शव व्यवस्थापनमा जुटेका छौ । तीनवटै सुरक्षा निकायको सहकार्यमा शवहरुलाई यथाशिघ्र व्यवस्थापन गरिरहेका छौ । खासगरी विपद् व्यवस्थापनको वैठक बसी स्थान तोकेर सुनवल नगरपालिका ४ को सामुदायिक वनमा र आज चिसापनी सामुदायिक वनमा शवलाई व्यवस्थापन गर्नेगरी काम भइरहको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, हामिलाई नारायणीमा आएको शव व्यवस्थापन र नारायणी नदीकै बाढीले सुस्तामा गरेको कटान नियन्त्रण तथा सुस्ताबासीलाई जोगाउनु ठुलो भुमिका निर्वाह गर्नुपरेको छ । तथापी हामिले भ्याए सम्म सबै व्यवस्थापनमा लागेको उहाँले भन्नुभयो ।
वेवारिशे शवहरुलाई जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याएर डिनए परिक्षणको प्रक्रियालाई अगाडि बढाउँदै शवहरु गाड्ने काम भइरहेको छ । यसैविच पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डन वृज यादवले स्वास्थ्य सामाग्री र जनशक्ति वयवस्थापनमा थोरै चुनौती थएिको बताउनु भएको छ । शवहरुलाइृ धेरैदिन सम्म राख्न नमिल्ने भएको हुनाले कमलाई तिव्रता दिन बाहिरबाट सहयोगि जनशक्ति बोलाएर काम भइरहेको बताउनु भएको छ ।
पश्चिम नवलपरासीमा सोमवार रातीसम्म १६८ वटा शवहरु फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले बताउनु भएको छ । जस्मा ४ वटा भारतबाट आएको हो । भने ५० वटा अंगहरु मात्र फेला परेको उहाँले भन्नुभयो । ती शवहरुमा सबै भन्दा बढी पुरुष रहेको छ । ७२ वटा पुरुष, ३३ वटा महिला, ७ वटा बालक, ५ वटा बालिका र १ वटा लिङ्ग नखुलेको सूचना अधिकारी थापाले बताउनु भयो ।
यस्तै ३ वटा शवहरु सनाखत भएको उहाँले बताउनु भयो । र सोमवार राति सम्म ४५ वटा शवहरुलाई खाल्डो खनेर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभएको छ ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३