पश्चिम नवलपरासीमा पाँचवटा शव फेला
नवलपरासी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँचवटा शव पश्चि नवलपरासीमा फेला परेको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शवहरु फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाले बताउनु भएको छ ।
सूचना अधिकारी थापाका अनुसार चारजना महिला र एकजना बालिकाको शव फेला परेको हो । बिहान ८ बजेसम्म नारायणी नदीको बी.गैप बाँध ठोकर नं. १४ मा तीनवटा, ठोकर नं. ७ मा एकवटा र बीचमा एक वटा गरि कुल पाँचवटा शव फेला परेको उहाँले भन्नुभयो ।
नारायणी नदीले बगाएर ल्याएको शवहरु प्रहरीहरुलाई खटाएर सकेसम्म निकाल्ने प्रयासमा हामि रहेको सूचना अधिकारी थापाले भन्नुभयो ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
जनविचार
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
जनविचार
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
जनविचार
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
जनविचार
भारत लैजान लागेको शालग्राम प्रहरीको नियन्त्रणमा
जनविचार
कार्तिक २४, २०८३