सामाजिक र धार्मिक सद्धभाव कायम गर्ने सर्वपक्षीय प्रतिवद्धता
पैगम्बरलाई सामाजिक कार्य गर्नु नै सबैभन्दा बढी मनपर्ने भएकोले हामिले अबका दिनहरुमा कुनैपनि पर्वहरु मनाउँदा सामाजिक कार्यलाई बढी ध्यान दिने भन्नुभयो ।
नवलपरासी । पश्चिम नवलपरासीमा सामाजिक तथा धार्मिक सद्धभाव कायम गर्न सर्वपक्षीय प्रतिवद्धता जनाइएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको राजनितिक दल, धार्मिक अगुवा र सुरक्षा निकायको सर्वपक्षीय बैठकले जिल्लामा सामाजिक सद्धभाव कायम गर्न प्रतिवद्धता जनाएको प्रमुख जिल्ला अधिकार दिपक राज नेपालले बताउनु भयो । मुस्लिम समुदायको आउँदै गरेको १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूणरुपमा सम्पन्न गर्न सामाजिक तथा धार्मिक सद्धभावमा कुनै पनि किसिमको खल्ल नपुग्ने गरी एकताको सन्देश दिने प्रतिबद्धता जनाइएको उहाँले भन्नुभयो ।
मदरसा प्रबद्र्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अलि मोमिनले यो वर्षको मोहम्मद जयन्ती नवलपरासीबाट सामाजिक सन्देश दिनेगरी मनाउने तयारीमा रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “हामिले मोहम्मद जयन्तीलाई खुशि र उल्लासले मनाउनुका साथ साथै सामाजिक काम पनि गर्दैछौं । जसमा जिल्लाको सदरमुका स्थित पृथ्वी चन्द्र अस्पतालमा सरसफाई, रक्तदान कार्यक्रम, फलफुल वितरण, वृक्षारोपण लगायतको सामाजिक काम गर्दैछौ ।”
कुनैपनि धर्म तथा समुदायको पर्वको अर्थ एकताको सन्देश, भाइचाराको भावना, जातीय सहिष्णुता आपसी सद्भाव नै रहेको अध्यक्ष मोमिनले भन्नुभयो । त्यसैले प्रत्येक वर्ष डिजेबाजा (साउण्ड)को साथमा चर्को अवाजमा मनाउँदै आएको पर्वलाई यो वर्ष डिजेरहित मनाउने हाम्रो समुदायको अगुवाहरुको रोहबरमा बैठक बसी निर्णय गरिएको उहाँले भन्नुभयो ।
जिल्ला स्थित ओल्मा फाउण्डेशनका केन्द्रीय अध्यक्ष एवं मौलाना शैयद गुलाम हुसेन मियाँले पैगम्बरलाई सामाजिक कार्य गर्नु नै सबैभन्दा बढी मनपर्ने भएकोले हामिले अबका दिनहरुमा कुनैपनि पर्वहरु मनाउँदा सामाजिक कार्यलाई बढी ध्यान दिने भन्नुभयो । जसको कारणले समाजमा सामाजिक एकता र धार्मिक सद्धभाव कामय रहने उहाँले भन्नुभयो ।
सर्वपक्षीय बैठकमा जिल्ला समन्वय समिति प्रमुख, राजनीतिक दलका प्रतिनिधि र धार्मिक अगुवाहरुले आउँदै गरेको मोहम्मद जयन्तीको शुभकामना दिनुभयो ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २४, २०८३