हराएकाे बालक तीन दिनपछि जंगलमा फेला

जनविचार

जनविचार

भाद्र ३, २०८३ 137 views
107 Shares

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा फेला परेका छन्।


गैँडाकोट नगरपालिका–१४ भागर निवासी हेमकुमारी आले च्याउ टिपेर घर फर्किँदा उनका नाती हराएका थिए। बालक हराएपछि स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले खोजी कार्य तीव्र बनाएका थिए।

Advertisement


बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौड्यालको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ परिचालन भएको थियो। यस्तै, इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी निरीक्षक भरत थापा क्षेत्रीको नेतृत्वमा ७ जनाको टोली तथा स्थानीयवासीसमेत खोजीमा जुटेका थिए।


लगातारको खोजीपछि भदौ ४ गते बिहान ९ः४० बजे बालक घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फको जंगलमा फेला परेका हुन्। बालकको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
खोजीमा संलग्न सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासबाट बालक सकुशल फेला परेका हुन्।

लेखक: जनविचार
सेयर गर्नुहोस्: