भावी पुस्ताका लागि वातावरण संरक्षण गरौं
वातावरण प्रदूषणले मानव स्वास्थ्य, कृषि, वन्यजन्तु तथा प्राकृतिक सन्तुलनमा नकारात्मक असर पार्छ
नेपाल पछिल्लो समय बदलिँदो जलवायु परिवर्तनले भावी पुस्ताको लागि चुनौति बन्ने संकेत गरिरहेको छ । बढदो तापक्रम र सुख्खाले आउने दिनहरुमा ठुलो संकट खडा हुने संकेत देखाइरहेको छ । जसको मुख्य कारण नै वातारणको संरक्षण नहुनु हो । हामिसंग प्रयाप्त वनजंगल र पानीको स्रोत भए पनि त्यसको संरक्षण र स्वाच्छताको अभावले जलवायु संकट देखापर्न थालेको छ । त्यसैले वातारणको संरक्षण गर्नु नै भावी पुस्ताको गहना हुनसक्छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्वभर मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य वातावरण संरक्षणको महत्त्वबारे जनचेतना फैलाउनु र मानिसहरूलाई वातावरण जोगाउन प्रेरित गर्नु हो । सन् १९७२ मा युनाइटेड लेशनद्वारा आयोजित युनाइटेड लेशन कनफ्रेन्स अन द ह्युमन इनभाइरोमेन्ट पछि यो दिवस मनाउन थालिएको हो । तर दिवसको समयमा मात्रै कार्यक्रम गरेर वातारणको संरक्षण हुन सक्दैन । हामीहरुले व्यवहारमा परिवर्तन गर्दै संधैभरी वातारणको स्वच्छतामा ध्यान दिनु आवश्यक छ ।
वातावरण भनेको हाम्रो वरिपरि रहेको हावा, पानी, माटो, वनस्पति, जनावर तथा प्राकृतिक सम्पदाहरूको समष्टि हो । वातावरण स्वच्छ र स्वस्थ भएमा मात्र मानव जीवन सुखी र सुरक्षित हुन्छ । तर आजकल बढ्दो जनसंख्या, वन विनाश, औद्योगिकीकरण, सवारीसाधनबाट निस्कने धुवाँ तथा फोहोरमैला व्यवस्थापनको कमीका कारण वातावरण प्रदूषित हुँदै गएको छ ।
वातावरण प्रदूषणले मानव स्वास्थ्य, कृषि, वन्यजन्तु तथा प्राकृतिक सन्तुलनमा नकारात्मक असर पार्छ । स्वच्छ वातावरणका लागि रुख रोप्ने, प्लास्टिकको प्रयोग कम गर्ने, फोहोरलाई उचित व्यवस्थापन गर्ने तथा प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने बानी विकास गर्नुपर्छ ।
विश्व वातावरण दिवसले हामीलाई वातावरण संरक्षणप्रति जिम्मेवार बन्न प्रेरणा दिन्छ । वातावरण जोगाउनु सरकार मात्र होइन, प्रत्येक नागरिकको कर्तव्य हो। हामी सबैले सानो–सानो प्रयास गरेमा हरियो, स्वच्छ र सुन्दर पृथ्वी निर्माण गर्न सकिन्छ ।
निष्कर्षमा, विश्व वातावरण दिवसले प्रकृतिप्रतिको हाम्रो दायित्व सम्झाउँछ। त्यसैले वातावरण संरक्षण गरौँ, रुख रोपौँ र भावी पुस्ताका लागि स्वच्छ वातावरण छोडौँ । (अरमान शेख, कक्षा ८ को विद्यार्थी, नेपालगञ्ज बाँके)
कार्तिक २३, २०८३