बालअधिकार कार्यान्वयनमा सहकार्य आवश्यक

जनविचार

जनविचार

जेठ २९, २०८३ 185 views
1 Shares
बालअधिकार कार्यान्वयनमा सहकार्य आवश्यक

दाङ । बालबालिकासम्बन्धी बनेका ऐन, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको लुम्विनी प्रदेशका सामाजिक विकास समितिका सभापति यम बहादुर नेपाली सार्कीले बताउनु भएकाे छ।
1000316861.jpg
उहाँले बालबालिकासम्बन्धी बनेका ऐन, कानुन तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयाे । सेभ द चिल्ड्रेन इन्टरनेशनल, बाल अधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल (लुम्बिनी प्रदेश) र पिस नेपालको सहकार्यमा “लुम्बिनी प्रदेशको योजना तथा कार्यक्रममा बालबालिकाका सवालहरू“ विषयक अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनु भएकाे हाे ।

साथै उहाँले प्रदेश, स्थानीय तह तथा अन्य सरोकारवालाहरूले बालबालिकाको क्षेत्रमा गरेका असल अभ्यासहरूको अध्ययन गरी लुम्बिनी प्रदेशमा समेत त्यस्ता अभ्यासहरूलाई अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद माया पुनले पनि बालबालिको सर्वोत्तम हकहितका लागि बालबालिका लक्षित बजेट तथा कार्यक्रमहरु अगाडि बढाउन सबैको ध्यान जानुपर्ने आवश्यक रहेकाे बताउनु भयाे ।

यसैगरी प्रदेश सभा सदस्य यमुना रोका तामाङले बालबालिकाको क्षेत्रमा प्रदेश सरकारले नीतिगत निर्णय र पहलहरू गरेपनि बालमैत्री कार्यक्रममा लगानी अझै पर्याप्त हुन नसकेको भन्दै लगानी अभिवृद्धिमा थप ध्यान दिनुपर्ने बताउनुभयो । त्यसैगरी प्रदेश सभा सदस्य इन्द्रजित थारुले पनि बालबालिकाको क्षमता र नेतृत्व विकासमा ध्यान पुर्याउने र बालबालिकाको अर्थपुर्ण सहभागिताका विषयमा पनि वृहत अध्ययन गरेर कुन कुन क्षेत्रमा कसरी बालबालिकाको अर्थपुर्ण सहभागिता हुन्छ भन्ने विषयमा गहन अध्ययन गर्नु पर्ने बताउनु भयो ।
1000316859.jpg
भौतिक पूर्वाधार निर्माण भन्दा पनि बालबालिकाकाे शिक्षा, संरक्षण, स्वास्थ्य तथा सहभागिता जस्ता सामाजिक पक्षमा ध्यान दिनुपर्ने कार्यक्रममा उपस्थित सराेकारवालाहरू ले बताएका छन्। लुम्बिनी प्रदेशमा बालश्रम, बालविवाह, बाल हिंसा तथा लागूऔषध दुर्व्यसनजस्ता समस्याहरू अझै विद्यमान रहेको उल्लेख गर्दै यस्ता चुनौती न्यूनीकरणका लागि सरकार, नागरिक समाज, समुदाय तथा सरोकारवाला सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको कार्यक्रममा भनिएकाे थियो। कार्यक्रममा बालबालिकासम्बन्धी विभिन्न सवालहरूको यथार्थ तथ्याङ्क अद्यावधिक गर्नुपर्ने, साथै नीति, योजना तथा कार्यक्रमहरू लाई अगाडि बढाउनुपर्ने बताएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु विश्व प्रेम पाठक, जमुना ढकाल, हेमा वेल्वासे के.सी., तारा थापा, शुशिला बादी, मालती सोडारी,  प्रदेश सभा सचिवालयका वरिष्ठ अधिकृत दिपेन्द्र राज पन्थी तथा लुम्बिनी प्रदेश बालक्लव सञ्जालका सदस्य र पिस नेपालका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: