काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।
नवलपरासी । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।
महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ।
भारी वर्षा भइरहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
भोलि शुक्रबार दिउँसोसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३