जनआस्थाका अध्यक्ष/सम्पादक श्रेष्ठ पक्राउपछि महासंघद्वारा धर्ना कार्यक्रम
नवलपरासी । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाकम अध्यक्ष किशाेर श्रेष्ठलाई पक्राउ गरेको घटनाको विरोधमा नेपाल पत्रकार महासंघले आज धर्ना कार्यक्रम आयोजना गरेको छ ।
उहाँलाई ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेकाे थियाे । अध्यक्ष श्रेष्ठलाई रिहाइकाे माग राख्दै विहिवार(आज) ९ बजे भद्रकाली स्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने महासंघले जनाएको छ ।
पत्रकारकाे समाचार प्रकाशनकाे विषयमा पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हाे भन्दै महासंघ लगायत सबै पत्रकारले चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खाेज्दै अध्यक्ष किशाेरलाई रिहाइकाे माग गरेका छन् 
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
जनविचार
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
जनविचार
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
जनविचार
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
जनविचार
दाउन्नेमा बस पल्टिँदा ६ काे मृत्यु, ११ घाइते
जनविचार
कार्तिक २४, २०८३