पहिरोले पेट्रोलपम्प र पाँच मोटरसाइकल पुरिए
सुलीकोट । गोरखा जिल्लाकाे गाेरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखाकाली फ्युल सेन्टर पेट्रोलपम्प माथि खसेकाे पहिराेले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका पाँच वटा मोटरसाइकल पुरिएकाे छ ।
बिहीबार (आज ) बिहान ७ बजे पेट्रोलपम्पकाे करिब ५० मिटर माथि भिरबाट खसेको पहिरोले पेट्रोलपम्पको संरचना तथा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्थापन, उद्धार तथा पहिरो पन्छाउने काममा जुटेको उहाँले जानकारी दिनुभयो । “पेट्रोलपम्पको अवस्था बुझ्ने र पुरिएका मोटरसाइकल सुरक्षित रूपमा निकाल्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।
पहिरोबाट कुनै मानवीय तथा पशुचौपायाको क्षति नभएकाले ठुलो दुर्घटना टरेको प्रहरीले जनाएको छ ।
वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएकाले जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । (गाेरखापत्र)
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३