मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात दुईतर्फी अवरुद्ध

जनविचार

जनविचार

श्रावण २०, २०८३ 97 views
2 Shares
मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात दुईतर्फी अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलताल नजिक बुधबार बिहान पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ बजेको लेदाेसहितकाे पहिराे खसेपछि सड्क अवरूद भएकाे हाे । पहिराे हटाउनका लागि सडक डिभिजनको मेसिन(उपकरण) परिचालन गरि पहिरो पन्छाउने कार्य सुरू भएकाे जानकारी गराएकाे छ । पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजनले उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह पनि गरेको छ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: