नवलपरासीमा एमसिसी प्रसारण लाइनः ४४ टावरकाे निर्माण सम्पन्न
१८ किलोमिटर लामो प्रसारण लाइनमा अहिलेसम्म ५ किलोमिटर तार तानिएको छ ।
नवलपरासी । मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीमा प्रसारण लाइनको निर्माण कार्य द्रुतगतिमा अगाडि बढाइएकाे छ ।
पश्चिम नवलपरासीमा १८ किलोमिटर लामो निर्माण भइरहेको उक्त प्रसारण लाइनमा अहिलेसम्म ४४ वटा टावरकाे निर्माण सम्पन्न भएकाे एमसिए नेपालका परियोजना सञ्चार प्रमुख पुष्कर माथेमाले बताउनु भएको छ । उहाँले भन्नुभयो, कुल ५३ वटा टावर मध्ये असार २९ गतेसम्म ४४ टावर निर्माण, ५ वटामा थोरै काम गर्न वाँकी रहेको र ४ वटाको काम बल्ल सुरु गरिएकाे छ । टावर निर्माण संगै तार तान्ने काम पनि भइरहेको उहाँले बताउनु भएको छ । १८ किलोमिटर लामो प्रसारण लाइनमा अहिलेसम्म ५ किलोमिटर तार तानिएको उहाँले बताउनु भएको छ ।
एमसिसी प्रसारण लाइनलाई आवश्यक पर्ने १३२ किता जग्गाको मुअब्जा दर निर्धारण गरि अयोजनाबाट प्रभावित माध्ये अहिलेसम्म ९५ प्रतिशतले मुआब्जा पाइसकेको माथेमाले भन्नुभएको छ । बाँकी रहेको जग्गाधनीहरुको निवेदन संकलन तथा विवरण रुजु गर्ने र सम्झौता गर्ने प्रक्रियाहरु अगाडि बढाइएको उहाँले बताउनु भएको छ ।
प्रसारण लाइनको टावरबाट प्रभावितहरु लाई कुल १८ करोड ८३ लाख ९२ हजार ७६र्८ राइट अफ वे’(तारको तल) मा ७२ करोड ४२ लाख १३ हजार ६४० रुपैया मुआब्जा वितरण गरिएको एमसीए नेपालले जनाएको छ ।
एमसिसीको प्रसारण लाइनको काम सम्पन्न गर्न भारतको ट्रान्सरेल लाईट लिमिटेड इन्डिया कम्पनीले अमेरिकी डलर १३ मिलियनमा ठेक्का लिएकाे छ । कम्पनीले अंग्रेजी मिति अनुसार यही अाउने अगस्त महिना भित्र सक्नुपर्ने रहेकाे छ ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २४, २०८३