बाढी नियन्त्रणका लागि नदी सरसफाइ र तटबन्ध
नवलपरासी । पश्चिम नवलपरासीको झरही नदीको सरसफाइ तथा तटबन्धको काम गरिएको छ । चुरे पहाडबाट आएको झरही नदी रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिका हुँदै भारत तर्फ गएको छ ।
उक्त नदीमा आएको बाढिले प्रत्येक वर्ष स्थानीयहरुको धान खेति डुबाउनु देखि बस्तीलाई समेत प्रभावित पार्ने गरेको छ । त्यसैले यो वर्ष ८२ लाखको लगानीमा झरही नदीको सरसफाइ तथा तटबन्धको काम गरिएको नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालय सेमरिका प्रमुख तिलकराम बढुाथोकीले बताउनु भएको छ । उहाँले भन्नुभयो, नदीमा सिल्ट(भस्कट) भरिएर नदीको सतह माथि आउनुका साथै साँघुरो समेत भएको थियो । यो वर्ष पाल्हीनन्दन र सरावल गाउँपालिकाको बिचमा पर्ने झरही नदीको पुलको अगाडि र पछाडी गरि ६१० मिटर लामो सरसफाई गर्नुका साथै तटबन्ध तथा मर्मतको काम गरिएको हो । 
त्यसैगरी सरावल गाउँपालिकाले पनि सोहि नदीमा मिसिएको धनेवा खोलाको सरसफाइ र तटबन्धको काम गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले बताउनु भएको छ । उहाँले भन्नुभयो, झरही नदी र धनेवा खोलाको बाढीले प्रत्यक्ष असर मधवलीया, रामपुर खडौना, भटौलीया, बर्गदवा, नवडिहवा र गणेशपुर लगायतको बस्तीमा पर्छ । त्यसैले यस वर्ष गाउँपालिकाले २० लाख खर्चेर खोलाको सरसफाइ र तटबन्धको काम गरेको हो । गतवर्ष धनेवा खोलामा चेकवाल सहितको दुइवटा सैफन बनाएको उहाँले जानकारी गराउनु भएको छ । जसले खोलाको सतह बढेपछि बन्द र घटेपछि चेकवाल उठाएर थुनिएको पानी निकाल्ने काम हुन्छ ।
यस्तै सदरमुकाम स्थित रामग्राम नगरपालिकाले पनि झरही नदीको सरसफाई र तटबन्धको काम गरेको छ । २०७८ सालमा झरहि नदीमा आएको बाढी परासी बजारमा पसेर डुबान गराएको थियो । नगरपालिकाले गतवर्ष र यो वर्ष पनि नदीको सरसफाइ र तटबन्धको काम गरको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताउनु भएको छ ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २४, २०८३